तान्त्रिक विधामा यन्त्र
तन्त्र विधामा पूजनका दशवटा स्थानहरू छन्:
शिवलिङ्ग, मणि, यन्त्र, शालिग्राम, घट (कलश), रवि (सूर्य), स्थण्डिल (जमिन भन्दा केही माथि उँचो पारेर बनाएको वेदी वा मञ्च), अग्नि (आगो), मूर्धा (शिर) र हृदय। यी मध्ये यन्त्र पुजनको विषेश आधार वा अधिष्ठान भनिएको छ। यसैको अर्को नाम चक्र र श्रीचक्र पनि हो। यन्त्र शब्द संस्कृत व्याकरण अनुसार दिनु अर्थात् समर्पण गर्ने वा चढाउने हो। सम्पूर्ण देवताको पूजन यन्त्र मै गर्नु उचित हुन्छ। शरीर आत्माको अधिष्ठान हो भने यन्त्र देवताको। यन्त्र मन्त्रमय हुन्छ, देवता साक्षात मन्त्र स्वरूप। त्यसैले यन्त्रमा पूजा गन्यो भने देवता शीघ्र प्रशन्न हुन्छन्, साधकको अभिष्ट सिद्ध हुन्छ।
मानवको शरीर मै काम, क्रोध, स्वार्थसिद्धि आदि अनन्त दोषहरू रहेका छन्। मानवीय दु:ख कष्ठका श्रोतहरू यिनै हुन्। यन्त्र पूजनले यी सम्पूर्ण दु:ख कष्टको नियन्त्रण गर्दछ। यन्त्र अनेकौँ वस्तुबाट बन्दछन् जस्तै- मणि, सुन, चाँदी, तामा, स्फटिक, शालग्राम, शीला आदिबाट बन्दछ। यी कुनै पनि उपलब्ध हुन सकेन भने अपराजिता पुष्प, जपापुष्प, शुद्ध रातो करवीर अथवा द्रोणपुष्प आदिमा पनि यन्त्र हुन्छन्, यी पनि नहुँदा तीर्थ, खोला वा कुवाको शुद्ध पानीलाई यन्त्रको भावना सम्झेर पूजन गर्न सकिन्छ।
यन्त्र नबनाई भूमिमा त्यसै पूजन गर्नु भने हुँदैन। यदि गरियो भने आयु, धन, सन्तान नष्ट हुन सक्छन्। यन्त्रद्वारा फल प्राप्तिका लागि भने तामाका यन्त्रमा पूजन गर्नाले लाख गुना फल पाईन्छ भने चाँदीको यन्त्रमा पूजन गर्नाले करोड गुना र सुन तथा स्फटिकमा अरवौं गुना फल पाईन्छ। मणि-माणिक्य यन्त्रपूजनबाट अनन्त गुना फल प्राप्ति हुन्छ। भूमिमा सिन्दूरले यन्त्र बनाएर गरिएको पूजनले सम्पूर्ण कामनाको पूर्ति हुन्छ।
यन्त्र भनेको के हो?
'यन्त्र' संस्कृत शब्द हो, जुन 'यम्' धातुबाट बनेको छ। यसको शाब्दिक अर्थ हुन्छ नियन्त्रण गर्ने वा संकुचित गर्ने साधन। आध्यात्मिक अर्थ: यन्त्र एउटा यस्तो ज्यामितीय आकृति (Geometric Figure) हो जसमा देवी-देवता वा ब्रह्माण्डीय ऊर्जाहरूलाई "बाँधेर" राखिन्छ। ज्योतिषशास्त्रमा यन्त्रहरूको विशेष महत्त्व छ। यी यन्त्रहरू ग्रहहरूको प्रभावलाई सन्तुलनमा ल्याउन, नकारात्मक शक्तिहरूबाट सुरक्षा गर्न र सकारात्मक ऊर्जा प्राप्त गर्न प्रयोग गरिन्छ। वैज्ञानिक अर्थ: यो एउटा 'ऊर्जा सञ्चय गर्ने यन्त्र' (Energy Storage Device) जस्तै हो, जसले विशिष्ट ध्वनि (मन्त्र) र आकृति मार्फत ब्रह्माण्डबाट सकारात्मक ऊर्जा खिच्छ।
यन्त्र किन प्रयोग गर्ने?
यन्त्रको आकार
यन्त्र प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
यन्त्र घरमा राख्दा वा शरीरमा लगाउँदा निम्न कुरा अनिवार्य पालना गर्नुपर्छ:
कुन यन्त्रको पूजनबाट के लाभ
यन्त्रपूजनमा के गर्दा हानी हुन्छ?
देवताहरूको अधिष्ठान यन्त्र
यन्त्रशास्त्रमा उल्लिखित देवता र यन्त्र रीति अनुसार परम्परागत रूपमा चलेको यन्त्र बनाई आफूले लिएको दीक्षा अनुसार सम्बद्ध देवताको बीज मन्त्र प्रधानरूपले मन्त्रको मध्यमभागमा लेखी श्रद्धापूर्वक नित्य पूजा गर्नुपर्दछ।
महामृत्युंजय ॐ र्ध्वमुखी यन्त्र
शुभ मुहुर्तमा चाँदी अथवा तामाको पत्रमा या भोजपत्रमा यो यन्त्रलाई लेख्नु यक्षकर्दम र अनारको कलमले लेख्नुपर्छ। त्यसपछि एकान्त तथा शुद्ध स्थानमा यस यन्त्रको प्राण प्रतिष्ण गराउनु पर्छ र श्रद्धापूर्वक यो मन्त्र उच्चारण गर्नुपर्छ:
ॐ ह्रौं ॐ जूं स: भूर्भुव: स्व: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्द्धनम्
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॐ स्व: भुव: भू: ॐ स: जूं ह्रौं ॐ
रोग-शमन र मुत्यु संकट निवारणमा यो मन्त्रको प्रभाव चमत्कारीपूर्ण तथा अद्वितीय हुन्छ।
श्री दुर्गा पूजन यन्त्र
शुभ-मुहूर्तमा भोजपत्रमा अनारको कलमले रक्तचन्दनद्वारा यस यन्त्रलाई बनाउनु पर्छ। स्वर्णपत्रमा बनेको यस यन्त्रलाई अभिषेश गर्नुहोस्। "ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नम:" यस मन्त्रलाई आठ लाख जप गर्नुपर्छ। साधकले रातो वस्त्र धारण गर्नुपर्छ। आठ हजार मन्त्रले मधुयुक्त तिल अथवा दुग्ध मिश्रित अन्नले होम गर्नुपर्छ। आमा दुर्गाको कृपाले सबै प्रकारको कामना पूर्ण हुन्छ।
दुर्गा सप्तशती यन्त्र
यस यन्त्रको रचना भोजपत्र अथवा ताम्रपत्रमा रक्तचन्दन या अष्टगंधको मसीले अनारको कलमद्वारा लेख्नुपर्छ। नवयात्री अथवा अन्य शुभ-मुहूर्तमा यन्त्रको प्राण प्रतिष्ठा गरेर रातो आसनमा स्थापित गर्नुपर्छ। रातो कपडा प्रयोग गर्नुपर्छ। पूजनमा फूल पनि रातो प्रयोग गर्नुपर्छ। रक्तचन्दन, रातो फूल, धुप-द्वीप र नैवेद्यादिले पूजा गर्नुपर्छ। रुद्राक्षको माला लिएर तल दिएको मन्त्रलाई कम्तीमा पनि एकपटक प्रतिदिन माला जप गर्नुपर्छ।
ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ॐ ग्लौं हुँ क्लीं जूं स:
ज्वालय ज्वालय ज्वल ज्वल प्रज्वल प्रज्वल ऐं ह्रीं क्लीं
चामुण्डायै विच्चै हं सं लं क्षं फट् स्वाहा।
२१ दिनमा ११ हजार जप गरेर हवन र दान गरेको खण्डमा निश्चित रूपमा बान्छित फल मिल्छ।
त्रिपुरासुन्दरी (षोडशी) यन्त्र
मूल मन्त्र: ॐ ऐं ह्रीं श्रीं त्रिपुरा सुन्दर्यै नम:
बाला त्रिपुरासुन्दरी मन्त्र: ॐ ऐं ह्रीं श्रीं बाला त्रिपुरा सुन्दर्यै नम:
षोडशी मन्त्र: श्रीं क ए ई ल ह्रीं, ह स क ह ल ह्रीं, स क ल ह्रीं
शुभ-मुहूर्तमा यस मन्त्रलाई स्वर्णपत्रमा निर्माण गर्नु पर्छ र षोडशोपचारबाट पूजागरी पूजा स्थलमा स्थापित गर्नुपर्छ। माथिको मन्त्रलाई तीन लाख जप गर्नुपर्छ। घिउ मधुबाट फूलको होम गर्नुपर्छ। सिद्ध भएपछि विद्या र लक्ष्मी प्राप्त गर्न तीन लाख जप गर्नुपर्छ। बेलको फूलको होम गर्दा लक्ष्मी खुसी हुन्छिन्।
श्री त्रिपुर भैरवी पूजा यन्त्र
स्वर्ण निर्मित यन्त्रलाई ताम्रपत्रमा राखेर दूध-पानीद्वारा अभिषेक गर्नुपर्छ। “ॐ हसरीं त्रिपुर भैरव्यै नम:” मन्त्रलाई चौविस लाख जप गर्नुपर्छ। दशमांशको होम गर्नुपर्छ। षट्कर्मको प्रयोगको लागि परम्पराबाट नै दीक्षित हुन आवश्यक छ। यसो गर्दा समस्त सिद्धिको प्राप्ति हुन्छ।
श्री छिन्नमस्ता पूजा यन्त्र
स्वर्ण ताम्रपत्रमा यो यन्त्रलाई बनाउनु पर्छ। विधिपूर्वक आवरण पूजा गर्न सकिएपछि उक्त यन्त्रलाई प्रतिष्ठापित गर्नुपर्छ। यस कार्यको लागि एकान्त आवश्यक हुन्छ। अभिषेक गरेपछि यन्त्र अक्षरको यो मन्त्र “ॐ वीं ह्रीं क्लीं ऐं वज्रवैरोचनीये ह्रीं ह्रीं फट्” लाई चारलाख जप गर्नुपर्छ। बेलको फूलले आहुती दिंदा लक्ष्मी प्राप्त हुन्छिन्।
श्री बंगला पूजा यन्त्र
यस यन्त्रलाई स्वर्णपत्रमा बनाउनु पर्छ। पूजा अर्चना गरी “ॐ ह्रीं बगलामुखि सर्वदुष्टानां वाचं मुखं स्तम्भय जिहां कीलय बुद्धिं नाशय हां ॐ स्वाहा” यस मन्त्रको जपगर्दा रक्तचन्दनको मालालाई वेसार दलेर गर्नुपर्छ। अनुष्ठान गर्दा पहेंलो कपडा लगाउनु पर्छ। आसन पनि पहेंलो हुनुपर्छ। जप एक लाख हुनुपर्छ। पर्वत, शिखर, घोर जङ्गल, नदिको संगम तथा शिवालय साधनाको लागि योग्य स्थान हो। यो यन्त्र-मन्त्र सर्वसम्पत्तिदायक तथा शत्रुनाशक हुन्छ।
लक्ष्मी पूजन यन्त्र
स्वर्णपत्रमा अङ्कित यस मन्त्र सहज र फलदायी हुन्छ। दिपावलीको दिन आफ्नो जन्मराशिको अनुसार शुभमुहुर्त गरेमा अचल योग हुन्छ। अभिषेक पूजन पछि यसको स्थानमा शास्त्रसम्मत विधिले प्रतिष्ठान गर्नुपर्छ। यन्त्रको साथमा “ॐ श्रीं हीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं हीं श्रीं महालक्ष्म्यै नम:॥” यस मन्त्रलाई बाह्रलाख जप गर्नुपर्छ। घिउ, मधु तिलद्वारा बाह्रहजार आहुतिद्वारा होम गर्नुपर्छ। सम्पति र भाग्यको बृद्धि हुन्छ र साधक श्री सम्पन्न हुन्छ।
श्री बटुक पूजा यन्त्र
श्री बटुक भैरवको यस मन्त्रलाई भित्तामा टाँस्नु अथवा ताम्र स्वर्णपत्रमा शुभ मुहूर्तमा बनाउनु। विधिपूर्वक यस मन्त्रलाई प्राण-प्रतिष्ठा गराउनु आफ्नो मनोकामनाको लागि नीलो अथवा कृष्ण रंगको वस्त्र लगाउनु पर्छ। यन्त्रको सामुन्ने बसेर "ॐ ह्रीं बटुकाय आपदुद्धारणाय कुरु कुरु बटुकाय ह्रीं" यो मन्त्रलाई एकलाख जप गर्नुपर्छ। स्त्रोत्रादिवाट मन्त्रको नित्य पूजा गर्नुपर्छ।
चिन्तामणि यन्त्र
यस चिन्तामणि यन्त्रलाई अनारको कलमले भोजपत्रमा चन्दन र सिन्दूरले लेखेर टाउकोमा बाँध्नु पर्छ। दुष्मनद्वारा छोडेको तीर लाग्दैन। "ॐ ह्रीं नमो भगवते चिन्तामणि-पार्श्वनाथाय सप्तफण-मण्डिताय मम ऋद्धिं सिद्धिं वृद्धिं सौख्यं कुरु-कुरु स्वाहा" यस मन्त्रलाई केशर कस्तुरीले लेखेर आफ्नो साथमा राख्नाले संबै कामना पूर्ण हुन्छ। यदि कसैलाई आफ्नो बशमा राख्नु छ भने केसर-कस्तुरीले यस यन्त्र सेतो कपडामा लेखेर बाल्ने र त्यसबाट निस्किएको खरानीलाई कुनै खाद्य पदार्थमा राखेर (मिलाएर) खान दिएमा ऊ वशमा आउँछ।
श्री घंटाकर्ण महायन्त्र
ॐ ह्रीं घंटाकर्णो महावीर, सर्वव्याधि-विनाशक:। विस्फोटकभयं प्राप्ते, रक्ष रक्ष महाबल:॥
रविहस्त, रविमूल गुरुपुष्य अथवा दिपावलीको दिन यस यन्त्रलाई कांसको थालमा कुँद्न लगाउनु पर्छ या अष्टगन्धले भोजपत्रमा लेख्नुपर्छ र पञ्चामृतले अभिषेक गर्नुपर्छ। चन्दन-केसरले पूजा गर्नुपर्छ। पूजाको थालीको एकापट्टी अगरको १०८ टुक्रा तथा दोश्रो तिर घिउमा दियो र रातो रङ्गको जाई-जुहीको १०८ फूल राख्ने। दियो र थोरै सुगन्धित धुप बालेर यन्त्रमा दिएको मन्त्रलाई पाठ गर्नुपर्छ। एक मन्त्र पढ्ने वित्तिकै छेउमै बसेको सहयोगी व्यक्तिले एक थुंगा फूल चढाउनु पर्छ। अर्को सहयोगीले अगरको एक टुक्रा अग्निमा हाल्दै घण्टी बजाइरहनु पर्छ। यसरी १०८ चोटी गरेर थालीमा नरिवल तथा पञ्चरत्नको एक पोका र चाँदीको एक रुपैयाँ चढाउनु पर्छ। चालिसवटाको बनेको रुद्राक्षको माला धण्टाकर्ण महामन्त्रलाई घेरेर राख्नु पर्छ। बनाइएको घण्टाकर्ण यन्त्र घरको पूजा कोठामा स्थापना गरेर पूजा गर्नाले क्षुद्र व्यवहार, उपद्रो हटेर जान्छ, सुख सौभाग्य बृद्धि हुन्छ।
ऋणमुक्तिको यन्त्र
मूल मन्त्र: ॐ ऋणमुक्तेश्वर महादेवाय नम:।
गणेश मन्त्र: ॐ गणेश ऋण छिंधी वरेण्यम हुम नम: फट्।
दत्तात्रेय मन्त्र: ॐ अत्रेरात्मप्रदानेन यो मुक्तो भगवान् ऋणात्। दत्तात्रेयं तमीशानं नमामि ऋणमुक्तये॥
मंगल मन्त्र: मंगलो भूमिपुत्रश्च ऋणहर्ता धनप्रद। स्थिरासनो महाकाय: सर्वकामविरोधक:॥
यस यन्त्रलाई ४० दिनमा ५ हजार संख्यामा भोजपत्रमा केसर र अनारको कलमले लेख्नुपर्छ। लेख्दा मंगलबार देखि सुरु गर्नुपर्छ। धुप-दिप नैवेद्यले पूजा गरेर अन्तिम दिन एक यन्त्र आँटाको डल्लो भित्र राखेर खोलामा बगाउनु पर्छ। केही दिनमै ऋणबाट मुक्त होईन्छ।
नवग्रह सम्बन्धी यन्त्रहरू
सूर्य यन्त्र
सूर्यको दोष निवारण, आत्मबल, आत्मविश्वास, नेतृत्व क्षमता, सम्मान वृद्धिको लागि प्रयोग गरिन्छ। कुण्डलीमा सूर्य कमजोर हुँदा आउने बाधा हटाउन र सरकारी वा प्रशासनिक लाभ लिन यो प्रयोग गरिन्छ।
सूर्य यन्त्रको प्रमुख फाइदाहरू
चन्द्र यन्त्र
चन्द्रमाको दोष निवारण, मानसिक शान्ति, भावनात्मक स्थिरताको लागि प्रयोग गरिन्छ। यदि कुनै व्यक्तिको कुण्डलीमा चन्द्रमा कमजोर छ भने उसलाई मानसिक अशान्ति, तनाव र चञ्चलता हुन्छ। यस्तो अवस्थामा चन्द्रमाको बल बढाउन र मनलाई स्थिर राख्न यन्त्रको प्रयोग गरिन्छ।
चन्द्र यन्त्रको प्रमुख फाइदाहरू
मंगल यन्त्र
मंगलको दोष निवारण, ऋण-मुक्ति, साहस, ऊर्जा प्राप्ति, साहसको लागि प्रयोग गरिन्छ।
मंगल यन्त्रको प्रमुख फाइदाहरू
बुध यन्त्र
बुधको दोष निवारण, बुद्धि, व्यापार, तर्कशक्ति वृद्धि, संचार शक्ति वृद्धिको लागि प्रयोग गरिन्छ।
बुध यन्त्रको प्रमुख फाइदाहरू
बृहस्पति यन्त्र
बृहस्पतिको दोष निवारण, शिक्षा, आध्यात्मिकता, धन प्राप्ति, ज्ञान र समृद्धिको लागि प्रयोग गरिन्छ।
बृहस्पति यन्त्रको प्रमुख फाइदाहरू
शुक्र यन्त्र
शुक्रको दोष निवारण, सुख, प्रेम, सौन्दर्य, वैवाहिक सुख, ऐश्वर्यको लागि प्रयोग गरिन्छ।
शुक्र यन्त्रको प्रमुख फाइदाहरू
शनि यन्त्र
शनिको दोष निवारण, बाधा निवारण, धैर्य वृद्धि, कर्मफल सुधारको लागि प्रयोग गरिन्छ।
शनि यन्त्रको प्रमुख फाइदाहरू
राहु यन्त्र
राहुको नकारात्मक प्रभाव कम गर्न र कालसर्प दोष शान्तिको लागि प्रयोग गरिन्छ।
राहु यन्त्रको प्रमुख फाइदाहरू
सावधानी: ज्योतिषीको सल्लाह लिएर मात्र थापना गर्नुपर्दछ।
केतु यन्त्र
केतुको दोष निवारण, आध्यात्मिक उन्नति र मोक्ष प्राप्तिको लागि प्रयोग गरिन्छ।
केतु यन्त्रको प्रमुख फाइदाहरू
सावधानी: ज्योतिषीको सल्लाह लिएर मात्र थापना गर्नुपर्दछ।
नवग्रह यन्त्र
नवग्रहको दोष निवारण, सम्पूर्ण ग्रहहरूको अनुकूलता र प्रभाव सन्तुलन गर्न, सन्तान पनि बिग्रेको छन, व्यापार व्यवसाय पनि राम्रो छैन, घरमा झगडा पनि भइरहेको छ, सबैतर्फबाट दु:ख पाएको अथवा बिग्रेको छ भने घरमा नवग्रह यन्त्र राख्ने। यसले आकाशमण्डलका नौवटै ग्रहहरू सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतुको संयुक्त ऊर्जालाई प्रतिनिधित्व गर्दछ।
नवग्रह यन्त्रको बनावट
यो यन्त्र एउटा वर्गाकार पातामा ९ वटा साना कोठाहरू मिलेर बनेको हुन्छ। प्रत्येक कोठामा एक-एकवटा ग्रहको विशिष्ट अंक वा मन्त्र लेखिएको हुन्छ। यसको केन्द्रमा सामान्यतया सूर्य हुन्छ, जसलाई सबै ग्रहहरूको राजा मानिन्छ। यो यन्त्र तामा, चाँदी वा सुनको पातामा कुँदिएको सबैभन्दा उत्तम मानिन्छ। यसले घरको 'वास्तु ऊर्जा' लाई सन्तुलित गर्छ, जसले गर्दा घरका सदस्यहरूबीच कलह कम हुन्छ। यो यन्त्र लकेटको रूपमा घाँटीमा पनि लगाउन सकिन्छ।
नवग्रह यन्त्रका फाइदाहरू
देवी-देवता सम्बन्धी यन्त्रहरू
देवी-देवता यन्त्रहरू देवी-देवताका कृपा प्राप्त गर्न र विभिन्न लाभ प्राप्त गर्न प्रयोग गरिन्छ।
वास्तु दोष निवारण यन्त्रहरू
वास्तु यन्त्रहरू घर वा कार्यस्थलमा सकारात्मक ऊर्जा बढाउन प्रयोग गरिन्छ।
सावधानी:
रुद्राक्ष र यन्त्रको सम्बन्ध
जसरी यन्त्रले बाहिरी वातावरणको ऊर्जालाई सन्तुलन गर्छ, रुद्राक्षले शरीरको भित्री ऊर्जालाई सन्तुलित गर्छ। धेरैले 'रुद्राक्ष माला' को प्रयोग गरेर यन्त्र र मन्त्रको साधना गर्ने गर्छन्, जसले गर्दा साधनाको फल छिटो प्राप्त हुन्छ।
अन्य विशेष यन्त्रहरू
यी यन्त्रहरू विशिष्ट उद्देश्यहरू पूरा गर्न प्रयोग गरिन्छ।
Click the Install Now button & enjoy it just like an app.