भरणी नक्षत्रको मुख्य विवरण
भरणी नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये दोस्रो नक्षत्र हो। यो मेष राशिमा १३°२०' देखि २६°४०' सम्म फैलिएको हुन्छ।
व्यक्तित्व गुण
सकारात्मक पक्ष
चुनौतीपूर्ण पक्ष
करियर र रुचि क्षेत्र
भरणी नक्षत्रको फल
बोलीले भन्दा पनि ज्यादा हाउभाउ, आँखा, अनुहार र स्वभावले आफ्ना कुरा व्यक्त गर्ने विशेष क्षमता रहन्छ। तपाईलाई कसैले कठोर शब्द बोलेमा पनि तपाईले केही आपत्ति गर्नु हुने छैन। तपाईको निर्मल मुस्कान र मोहक मनोवृत्तिले गर्दा तपाईले कसैलाई पनि आफ्नो बनाउन सक्नुहुन्छ। तपाईका भित्री धेरै पीडाहरू भए तापनि बाहिर हसिलो देखिनुहुन्छ। सही दिशा रोज्नाले र उचित सहायता प्राप्त हुनाले छिट्टै नै तपाई आफ्नो लक्ष्यसम्म पुग्न सक्नुहुन्छ। तपाईलाई चोर बाटो नभएर सीधा र सरल बाटो हिंड्न मन लाग्छ। अरूको अगाडि स्पष्ट रूपमा सबै कुरा राख्ने प्रयास गर्नु हुनेछ। तपाई इमानदार हुने र आफ्नो आत्म-सम्मानको ख्याल विचार गर्नुहुन्छ। भरणी नक्षत्रका स्वामी शुक्र हुन जसले लाभ, सौन्दर्य, र कलालाई संकेत गर्दछ र जसले तपाईलाई चतुर, सौन्दर्य प्रेमी, भौतिकवादी, संगीत प्रेमी, कला प्रेमी र एउटा यात्री बनाउँछ। तपाई राम्रा राम्रा लुगा लगाउन र शाही जीवनशैलीमा बाँच्न आनन्द मान्नुहुन्छ। यसका साथै, तपाईले कला, गायन र खेलमा रूचि राख्नुहुन्छ। यो नक्षत्रलाई स्त्री गुणले परिपूर्ण (सौन्दर्यको शासक र कलाको प्रेमी) मानिन्छ। यसको प्रभाव महिलाहरुको लागि साह्रै नै सकारात्मक मानिन्छ। यस नक्षत्रले पुरूषलाई पनि सौन्दर्य र कलाको प्रेमी बनाउँछ। तपाई साह्रै नै आशावादी र आफुभन्दा ठूलाको आदर गर्ने व्यक्ति हुनुहुन्छ। तपाई मौकाको बाटो हेर्नु हुँदैन, बरु मौकामा काम शुरू गर्नुहुन्छ। तपाईको पारिवारिक जीवन राम्रो हुनेछ। तपाईले आफ्नो जीवन साथीसंग प्रेम मात्र नगरेर आफ्नो स्वभावले उनलाई मोहित गर्नुहुनेछ। तपाईको पैसा बचतमा पनि विशेष रूचि रहन्छ।
चिन्ह
योनी, महिला प्रजनन अंग
नामाक्षर
लि, लु, ले, लो
नियन्त्रण ग्रह
शुक्र
नक्षत्र
3
तत्व
पृथ्वी
रङ
रगत जस्तो रातो