कन्या राशि (Virgo) वैदिक ज्योतिष अनुसार चक्रको छैटौँ राशि हो। कन्या राशि उत्तरफाल्गुनी नक्षत्र: (टो, प, पी), हस्ता नक्षत्र: (पू, ष, ण, ठ), चित्रा नक्षत्र: (पे, पो) अक्षरको मिलनबाट बनेको हुन्छ। कन्या राशिका जातकहरू सामान्यतया बुद्धिमान, विश्लेषणात्मक, पूर्णतावादी (Perfectionist), मेहनती, सेवा-उन्मुख, व्यवस्थित र व्यावहारिक हुन्छन्। बौद्धिक, सतर्क, स्वास्थ्यप्रति सचेत, अनुशासित, घरेलु र सहयोगी। उमेरको ३२ वर्षमा भाग्योदय हुन्छ। कन्या राशिका जातकहरू व्यंग्यकार (व्यंग्य लेखक वा हास्यप्रिय) हुन्छन्। वाँस, वन, खेती पनि राम्रो हुने, कपडातर्फ सम्पूर्ण रेडिमेड सम्पूर्ण कपडाहरु उत्तम फलदायी हुनेछन्। कन्या राशिका व्यक्तिलाई पुस्तक, स्टेसनरी, प्रकाशक, सम्पादक, लेखक, पत्रपत्रिका जुनसुकै शैक्षिक सामग्रीको पेशा र व्यवसायले मुनाफा दिने हुन्छ। सञ्चारका साधन पनि उत्तम व्यवसाय मानिन्छ। टेलिफोन, फ्याक्स, इन्टरनेट कम्प्युटर, टेलेक्स लगायत यी वस्तुमा फाइदा पाइनेछ। हवाइजहाजको टिकट काट्ने, हवाइ- मार्गबाट कुनै समाज पठाउने, डेलिभरी सर्भिस, सर्भिसका काम, हुलाक सेवासम्बन्धी काममा मुनाफा आर्जन गर्ने हुन्छ। घडेरी जोड्न मनलाग्ने छ भने घरघडेरीको व्यापार, कम्प्युटर पार्ट्सको विक्रेता, घडीदुकान गर्दा पनि फाइदा पाउने हुन्छ।
बुद्धि, बौद्धिक वर्ग, सञ्चार, गणित, व्यापार, विश्लेषण, शिक्षा, अनुसन्धान, प्रसन्नचित्त, हाँस्यप्रेमी, विद्वान्, नयाँ-नयाँ योजना बनाउने, राम्रो सल्लाहकार, हस्तकला, कार्य कुशलता, अरुको काम पनि पूर्ण जिम्मेवारीको साथ निभाउने, मानसिक अवस्था, सवारी चालक, हुलाक (Post Office), समाचार, विद्या, चतुरता, साहित्य, विवेक, बालबालिका, वाणी, युवराज, Accountant, Writer, परिवर्तन, शिल्पकला, संगीत, नसाहरू, मस्तिष्क, जिब्रो, मित्रता, उपदेश दिने, Extra Knowledge भएको, पत्रकारिता, हाँस्यव्यङ्ग्य, सिरियलको मुख्य पात्र बनाउँछ, Social Media बाट Viral हुने र वेद-शास्त्रको प्रतिनिधित्व गर्छ। नाक र घ्राणशक्ति (Sense of Smell) सम्बन्धी विचार गरिन्छ। वुद्धिमान, चतुर, विदेशमा वस्न मनपराउने, अनेक प्रकारका कलाकृतिमा निपूर्ण भएको, गुरुजनको भक्त, मीठो वोल्ने, शास्त्रज्ञ, बुद्धिमान्, मेधावी, विद्याव्ययनमा शुभ भएको हुन्छ। सधै प्रसन्न भइरहने, बुढाबुढीहरुको सेवा गर्नमा आफूलाई समर्पित गर्ने, कामुक, गणितज्ञ हुने, ऐश्वर्यशाली, हसिलो स्वभाव भएको, कुनै पनि विषयमा शीघ्र निर्णय लिन असर्मथ भएको, शान्त चित्त, यात्रा तथा परिवर्तन प्रेमी, साहित्य कलाजस्ता विषयमा विशेष रुचि राख्ने हुन्छ। यस राशिका व्यक्तिलाई साना तरकारी, तरल वस्तुलाई छोडेर रसिला चिसा फलफूल लगायतका खाने वनस्पति वर्ग जसका रंग हरिया हुन्छन् त्यस्त वस्तुहरू उत्तम दिने हुन्छ। कन्या राशिका व्यक्तिले मावलीको सहयोग पाउनेछन्। जेठी र कान्छी बाहेकका महिलासँग राम्रो सम्बन्ध हुन्छ। तिथिहरुमा चतुर्थी, नवमी र द्वादशी र कृष्णपक्षको तृतीय तिथि अशुभ हुन्छ।
| उत्तराफाल्गुणी | हस्ता | चित्रा |
| टो, पा, पि | पु, ष, ण, ठ | पे, पो |
| नर गण | देव गण | राक्षस गण |
| आद्य नाडी | आद्य नाडी | मध्य नाडी |
सकारात्मक पक्ष
बुद्धिमत्ता र तार्किक क्षमता उच्च, मेहनती र समर्पित, सफा-सुग्घर र व्यवस्थित, विश्लेषणात्मक सोच, सेवा-भावना र सहानुभूति, विश्वसनीय र इमानदार
नकारात्मक पक्ष
चिन्ता र तनाव बढी, पूर्णतावादका कारण ढिलो निर्णय, कहिलेकाहीं चिडचिडे वा स-साना कुरामा रिसाउने, शंका गर्ने बानी
रोग
मिर्गी, छाला रोग, फोक्सो, छाला, एलर्जी, नसा, वाणी, चेतना, मस्तिष्क (Brain), मेरुदण्ड (Spinal Cord), स्नायुहरू (Nerves System) सम्बन्धी समस्या हुन्छ। Autism, वायुविकार, ग्यास्टिक, बाथ, बोली भक्भकाउने, शरीरको कुनै अंग काम्ने, लुलो लङ्गडो, छालाको क्यान्सर
कार्य क्षेत्र
शास्त्र, ज्ञान, शिक्षा, Teaching, Banking, लेखा, लेखनकला, शिल्पकला, वकिल, शैक्षिक संस्था, कलाकार, Stationery, Tuition Center, कृषि क्षेत्र, छापाखाना, Banking क्षेत्र, Consultancy, स्वास्थ्य सेवा (Doctor, Nurse, Pharmacist, Health Care), Account, CA, प्रशासन, Teaching, Writing, Journalism, Business, IT, Data Analysis, Service Oriented Jobs (NGO, Social Service)
वैदिक मन्त्र
ॐ उद्बुध्यस्वाग्ने प्रतिजागृहि त्वमिष्टापूर्ते स गुँ सृजेथा मयञ्च।
अस्मिन्त्सधस्थे अध्युत्तरस्मिन् विश्वेदेवा यजमानश्च सीदत॥
बिज मन्त्र
ॐ ऐं श्रीं श्रीं बुधाय नम:
तान्त्रिक मन्त्र
ॐ बुं बुधाय नम:
गायत्री मन्त्र
सौम्यरूपाय विद्महे बाणेशाय धीमहि। तन्न: सौम्य: प्रचोदयात्॥