अश्लेषा नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये नवौँ नक्षत्र हो। यो कर्कट राशिको १६°४०′ देखि ३०°००′ सम्म फैलिएको हुन्छ। अश्लेषालाई Cleansing Star वा Naga पनि भनिने गरिन्छ। यसलाई Hydra (Genus) रुपमा चिनिन्छ। अश्लेषा नक्षत्रका व्यक्ति अत्यन्तै चतुर, सूक्ष्मबुद्धि भएका र गहिरो सोच्ने हुन्छन्। उनीहरू भावनात्मक रूपमा संवेदनशील भए पनि बाहिरबाट शान्त देखिन्छन्। रहस्य, मनोविज्ञान र अदृश्य पक्षप्रति उनीहरूको विशेष आकर्षण हुन्छ। परिस्थितिलाई आफ्नो पक्षमा मोड्न सक्ने क्षमता यिनमा प्रबल हुन्छ।
सकारात्मक पक्ष
चुनौतीपूर्ण पक्ष
करियर र रुचि क्षेत्र
अनुहार सुन्दर र वर्ग आकारको हुनेछ र आँखा साना हुन्छन्। अनुहारमा एउटा तिल वा चिन्ह हुन्छ। बुद्धि र नेतृत्व क्षमताले शीर्षस्थानमा पुर्याउनेछ प्रेरणा दिइ रहन्छन्। आफ्नो स्वतन्त्रतामा कुनै पनि हस्तक्षेप गरिएको मन नपरेता पनि नबोलिकन तर्किने। बातचीत गर्दा प्रयोग गरेका वाक्य र शब्दको अत्यन्त ख्याल राख्ने। आफुलाई कुनै न कुनै तरिकाले वा कहीं पनि मद्दत गर्ने व्यक्तिहरूलाई कृतज्ञता व्यक्त गर्न बिर्सनु हुन्छ यसले गर्दा सम्बन्ध विचलित हुन्छ। कहिलेकाहीं रिसले पनि मानिसहरूलाई तपाईको विरुद्ध जाने बनाउँछ। त्यसैले रिसलाई सधैं नियन्त्रणमा राख्नु आवश्यक छ। कुनै पनि समस्याको आगमन अघि त्यसको विश्लेषण गर्न सक्षम हुनुहुन्छ। कसैलाई पनि अन्धाधुन्ध विश्वास गर्ने बानी छैन। मन सधैं सोच र कुरा खेलाएर व्यस्त रहन्छ, रहस्यमय तरिकाले काम गर्न उत्साही रहनुहुन्छ। राम्रो वक्ता आफ्नो कुराले मान्छेहरूलाई मोहित बनाउने, राजनीतिगको क्षेत्रमा सफलता प्राप्त गर्ने, उन्नति मान्छेहरूलाई हेरेर तिनीहरूलाई तपाईको आवश्यकता अनुसार उपयोग गर्ने विशेषज्ञता छ। तपाई भन्दा माथि दाई भएतापनि सहायता मिल्दैन बुवाआमालाई रेखदेख गर्नुपर्ने घरको जेठो छोरा बराबर भएर जिम्मेवारी बोक्नुपर्ने हुन्छ। तपाईकाे जीवन साथीको कमजोरीको बेवास्ता गर्नु उचित हुनेछ, अन्यथा विचारधारमा मतभेद सम्भव छ।
उपयुक्त कार्य क्षेत्र
कला र वाणिज्यको क्षेत्रमा लाभ प्राप्त हुनेछ र पर्याप्त धन कमाउनु हुनेछ। कुनै एउटा काम गर्नुभयो भने पनि व्यापार साथमा गर्नुहुनेछ। कीटनाशक वा विष सम्बन्धित पेशाहरू, पेट्रोलियम उद्योग, रसायन, चुरोट र सुर्ती सम्बन्धित व्यवसाय, योग प्रशिक्षक, मनोवैज्ञानिक, साहित्य, कला, र पर्यटन सम्बन्धित काम, पत्रकारिता, लेखन, टाइप, कपडा निर्माण, नर्सिङ, स्टेशनरीको उत्पादन आदि।
चिन्ह
कुण्डलिएको सर्प, गोलाकार, पाङ्ग्रा
नामाक्षर
डि, डु, डे, डो
नियन्त्रण ग्रह
बुध
नक्षत्र
6
तत्व
पानी
प्रकृति
राक्षस
Click the Install Now button & enjoy it just like an app.