प्रतिज्ञा र संकल्प: व्रत सुरु गर्ने पहिलो शनिबार कुनै विष्णु मन्दिर वा पिपलको बोटमुनि गएर पण्डित (गुरु) द्वारा व्रत बस्छु भनी प्रतिज्ञा (सङ्कल्प) गर्नुपर्छ र गोदान सङ्कल्प (गौदान) गराएर पूजा सुरु गर्नुपर्छ।
काँचो धागो बेर्ने: व्रतको पहिलो दिन मात्र पिपलको बोटमा ७ फन्का काँचो धागो बेर्नुपर्छ (यो हरेक शनिबार गरिरहनु पर्दैन, सुरुको दिन मात्र गरे पुग्छ)।
प्रत्येक शनिबार गरिने नियमित पूजा विधि
हरेक शनिबार तल लेखिएका नियमहरू पालना गर्दै पूजा गर्नुपर्छ:
उठ्ने र नुहाउने समय: बिहान सूर्य उदाउनु भन्दा अगाडि नै उठेर नुहाइसक्नुपर्छ।
बत्ती बाल्ने: माटोको पालामा तोरीको तेल राखेर ७ सरे ७ वटा बत्ती बाल्नुपर्छ।
पूजा र परिक्रमा: अबिर, केशरी, जौ, तिल, फूल र दुबोले पिपलको पूजा गर्नुपर्छ। पूजा गरिसकेपछि पिपलको बोटलाई ७ पटक वरिपरि घुमेर (परिक्रमा) फन्को मार्नुपर्छ।
जल र धूप, दीप: पिपलमा जल चढाउनुपर्छ र धूप, घिउको बत्ती वा कपुर बालेर आराधना गर्नुपर्छ तथा नैवेद्य (प्रसाद) चढाउनुपर्छ।
पूजा गर्दा भन्ने मन्त्रहरू
पिपलमा जल चढाउँदा भन्ने मन्त्र: मूलतो ब्रह्मरुपाय मध्यतो बिष्णुरुपिणे अग्रत: शिवरुपाय अश्वत्थाय नमोनम: