भरणी, पूर्वाफाल्गुनी, पूर्वाषाढा नक्षत्र तथा शुक्र ग्रह वृष र तुला राशिको स्वामी हो। शुक्र ग्रहको आग्निय कोणमा बास रहन्छ। शुक्र ग्रहको पत्नी सिद्धा हुन्। शुक्र ग्रहको गोत्र भार्गव हो र अधिपति उमा हुन्। शुक्र कुण्डलीमा साधारणतया द्वितीय र सप्तम भावको मालिक हो। शुक्रलाई प्राय: “दैत्य गुरु” भनेर चिनिन्छ। शुक्र एक राशिमा करिब २३ दिन सम्म रहन्छ।
वैज्ञानिक दृष्टिकोणमा
शुक्र ग्रह (Venus) को व्यास १२ हजार १०२ किलोमिटर छ। शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख ८ हजार ९ सय किलोमिटरको दूरीमा रहन्छ। शुक्र ग्रहले सूर्यलाई एक पटक परिक्रमा गर्न ८ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ। औसत कक्षीय गति ३५.०२० कि.मी./से। पृथ्वी र शुक्र ग्रहबिचको दूरी सधैँ परिवर्तन भइरहन्छ, किनकि दुवै ग्रहले सूर्यको फरक फरक गतिमा परिक्रमा गर्छन्; जब नजिक हुन्छन् तब लगभग ३८ मिलियन (३.८ करोड) किलोमिटर र टाढा हुँदा लगभग २६१ मिलियन (२६.१ करोड) किलोमिटरसम्म हुन्छ। पृथ्वीमा १०० किलो तौल हुने वस्तु शुक्रमा तौलने हो भने ९१ किलो हुन आउँछ। सूर्यबाट नजिक भएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ। शुक्र ग्रहको सतहमा ४००°c सम्म तापक्रम हुन्छ। शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैँ देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रोसँग देखिन्छ। शुक्र ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र चन्द्रमा पछिको सबै भन्दा चम्किलो ग्रह हो। यसलाई कहिलेकाहीँ "उदाउँदो तारा" (Rising Star) पनि भनिन्छ।
ज्योतिषीय आधार
शुक्र ग्रहलाई लाभदायक ग्रह मानिन्छ। त्यसैले ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई भौतिक सुख, वैवाहिक सुख, भोग-विलास, यश-आराम-प्रतिष्ठा, कला, प्रतिभा, सौन्दर्य, Romantic, काम-वासना तथा Fashion Designing आदि विषयहरूको कारक मानिन्छ। शुक्र ग्रहकाे प्रभावले जातक रूप-रङ्गले आकर्षक र सुन्दर हुन्छ। उसको व्यक्तित्वले विपरीत लिङ्गका व्यक्तिलाई सजिलै आकर्षित गर्छ। शुक्रको प्रभावले यस्तो व्यक्ति दीर्घायु हुन्छ र स्वभावले मृदुभाषी तथा मधुर वाणी भएको हुन्छ। शुक्रले व्यक्तिमा गायन, वादन, नृत्य तथा चित्रकलाप्रति विशेष रुचि र अभिनेता आदि बन्ने सम्भावना बढी हुन्छ। शुक्रको प्रभावका कारण व्यक्ति काम-वासना र भोग-विलाससँग सम्बन्धित विषयहरूलाई बढी प्राथमिकता दिन्छ।
शुक्रको अन्यनामहरू
भार्गव, सित, भृगु, उसना, काम, कविकाण र दैत्य गुरू।
शुक्रको समय अवधि
शुक्रको मित्र-शत्रु ग्रह
शुक्रले दिने रोगहरू
जन्म कुण्डलीमा शुक्र कमजोर छ भने जातकले शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक विभिन्न प्रकारका कष्टहरू भोग्नुपर्छ। कमजोर शुक्रका कारण जातकको कामुक-शक्ति कमजोर हुन्छ, वीर्य पतन, श्वासप्रश्वास, किड्नी रोग र आँखामा समस्या पार्छ।
शुक्र अस्तमा
शुक्र अस्तको अवधिमा महत्वपूर्ण कार्यहरू रोक्नुपर्ने हुन्छ। जस्तै: पूजापाठ, हवन, रुद्री, ……….
बलियो शुक्रले
व्यक्तिको वैवाहिक जीवनलाई सुखी बनाउँछ। यसले पति-पत्नीबिच प्रेम र आपसी समझदारी बढाउँछ। जस व्यक्तिको कुण्डलीमा शुक्र बलियो अवस्थामा हुन्छ, उसले जीवनमा भौतिक सुख-सुविधाको राम्रो उपभोग गर्छ। बलियो शुक्रको प्रभावले व्यक्ति साहित्य तथा कलाप्रति विशेष रुचि राख्छ।
पीडित शुक्रका कारण
व्यक्तिको वैवाहिक जीवनमा समस्या उत्पन्न हुन्छ। पति-पत्नीबिच मतभेद र कलह बढ्छ। व्यक्तिको जीवनमा दरिद्रता आउँछ र ऊ भौतिक सुखको अभावमा जीवन बिताउन बाध्य हुन्छ। महिला जातकका लागि कमजोर शुक्र गर्भपातको कारण बन्छ।
शुक्र ग्रहको कार्य क्षेत्र
शुक्र ग्रह Choreography, संगीत, चित्रकला (Painter), Fashion Designing, Event Management, कपडा सम्बन्धी व्यवसाय, Hotel, Restaurant, Tour & Travel, Theater, साहित्य, Film Industry, Beauty Products, Perfume, Attar, Fancy पसल, बच्चाको खेलौना, फूल, चिनी, कार आदि कार्यक्षेत्रको सूचक मानिन्छ। Bedrooms, Cinema Halls, Garden, Banquet Hall, Automobile Industries, Ports (बन्दरगाह), Airports, Mines (खानीहरू), न्यायाधीश, वकिल, Incom Tax Officer, Prostitution Areas आदि स्थानहरू शुक्रसँग सम्बन्धित मानिन्छ।
शुक्रको वैदिक मन्त्र
ॐ अन्नात्परिस्त्रुतो रसं ब्रह्मणा व्यपिवत् क्षत्रं पय: सोमं प्रजापति:।
ऋतेन सत्यमिन्द्रियं विपानं℧ शुक्रमन्धस इन्द्रस्येन्द्रियमिदं पयोऽमृतं मधु॥
शुक्रको तांत्रिक मन्त्र
ॐ शुं शुक्राय नम:
शुक्रको बीज मन्त्र
ॐ ह्रीं श्रीं शुक्राय नम:
शुक्रको गायत्री मन्त्र
भृगुजाय विद्महे दिव्यदेहाय धीमहि। तन्न: शुक: प्रचोदयात्॥
शुक्र स्तुति
ॐ हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुम्।
सर्वशास्त्रप्रवक्ताकारं भार्गवं प्रणमाम्यहम्॥
शुक्र एक उत्तेजनात्मक ग्रह हो। शुक्रले मङ्गल वा केतु ग्रहसँग योग गर्दा व्यभिचारी गराई कुनै पनि स्त्रीमाथि कुदृष्टि राख्ने र अरुलाई छलकपट गर्न खोज्ने गराउँछ। शुक्र ग्रह बुधको प्रभावमा वा बुध ग्रहसँग योग गरेमा ललित कला, चित्रकलार वाचन आदिमा अत्यन्त सिपालु बनाउँछ। शुक्र ग्रह प्रेम, गाडी, जीवनको सुख, घरमा कतिको सजावट र कतिको सफा राख्ने भन्ने कुराको जानकारी दिन्छ। शुक्र ग्रह अशुभ भएर बस्दा अपशब्द बोल्ने, मायाको अभाव, घरयासी कुरा भन्दा पनि भोग विलासको चिन्ता ज्यादा लिने गराउँछ। शुक्र ग्रहले पशुबाट लाभ-हानि, सवारी साधनको सुख, गहना, रात्री सुख, विर्य (मदश्च शुक्र), नेत्र, स्त्री, कलाकारिता, गायन, सौन्दर्यता, मुत्र प्रणाली, अधिक धन कमाउने वा नकमाउने बारेमा जानकारी गराउँछ। यदि शुक्रग्रह खराब भएमा गाई भैसीबाट अचानक हानी, गहना चोरी, प्रेम सम्बन्ध टुटाउने शुक्र ग्रह अशुभ भएको प्रमाण हो। चतुर्थ स्थानमा शुक्र ग्रह बस्दा घरमा अवश्य वाहन साधन रहन्छ।
चतुर्थेश र पञ्चमेशको योग शुक्रको प्रभाव पर्दा गायक, बाद्य बादक, Musical Instrument मा सफलता दिलाउँछ। शुक्रले चतुर्थेशसँग योग गर्दा बाहनबाट लाभ र बाहन चालक बनाउँछ। शुक्र ग्रह लचिलो, मिठो, बोलेर खाने जस्तै: कविता वाचन, कथा वाचन, समाचार वाचन क्षेत्रबाट सफलता दिलाउँछ।