वैज्ञानिक दृष्टिकोणमा
सौर्यमण्डलमा सूर्यबाट छैटौँ ग्रह शनिग्रह हो। यो एउटा ग्यासको पिण्ड (Gas Giant) हो जसमा ग्यास नै ग्यास रहेको छ। यसमा ठोस सतह नै छैन। यो एकदम तिब्र गतिले घुम्छ। यदि शनिलाई ठूलो पोखरीमा राख्ने हो भने पोखरीमा शनि तैरिन्छ। शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले ९.६८ (km/s) किलोमिटर प्रति सेकेण्डको औसत गति (Orbital Speed) ले आफ्नो ध्रुवमा एक फन्को लगाउँछ। पृथ्वी र शनि बीचको दूरी 8.52×149,597,870.7≈1,274,176,973 km रहेको छ। शनि ग्रहले सूर्यको एक फन्को (Orbital Period) लगाउन २९.४४७५ पृथ्वी वर्ष लगाउँछ, जुन हाम्रो पृथ्वीको लगभग ११,८६२ दिन बराबरको समय हो।
पौराणिक आधार
शनि भगवान् सूर्यका पुत्र हुन्, यमराज (काल) यिनका भाइ हुन् र बहिनी यमुना हुन्। शनि ग्रहको बहान गिद्द/काग हो। पौराणिक मान्यताअनुसार शनि ग्रहको शिरमा स्वर्णमुकुट, घाँटीमा माला र शरीरमा नीलो रङ्गको वस्त्र धारण गरेको हुन्छ। यिनको शरीर पनि इन्द्रनीलमणि समान नीलो छ। यिनको वाहन गिद्ध हो र यिनले हातमा धनुष, बाण, त्रिशूल लिएका हुन्छन्। यिनको विवाह चित्ररथ गन्धर्वकी छोरीसँग भएको थियाे। शनिको तेस्रो, सातौँ र दशौँ दृष्टिले जातकको करियरमा प्रभाव पार्छ।
ज्योतिषीय आधार
शनि ग्रह मकर राशि र कुम्भ राशि, पुष्य, अनुराधा र उत्तराभाद्रपदा नक्षत्रको स्वामी हाे। शनिकी पत्नी उल्का हुन्। उल्काको दशावधि ६ वर्षको हुन्छ। शनये क्रमति स: नौवटै ग्रहमा शनिलाई दण्डनायक मान्ने गरिन्छ। त्यसैले यस ग्रहको पूर्वजन्म र वर्तमान जन्ममा आर्जित गरेको कर्म मुताबिक सजाय र पुरस्कार शनिको महादशाकालमा प्राप्त हुने विश्वास ज्योतिषशास्त्रीहरूको छ। शनि र राहु दुबै ग्रहले दु:ख, कष्ट, रोग र आर्थिक कठिनाइ सिर्जना गर्दछन् तर जन्मपत्रिकामा यी दुबै ग्रह शुभ अवस्थितिमा भएमा यी दुई ग्रहले प्रदान गरेको फलसँग ठूलोभन्दा ठूलो राजयोगको फलको समेत तुलना गर्न सकिंदैन। यी दुबै ग्रहले जातकलाई प्रखर (AI) बुद्धि, चतुर्याइँ, प्राविधिक शीप र योग्यता प्रदान गरेर धन र वैभवले परिपूर्ण बनाइदिन्छ। उच्चपद, मानसम्मान र प्रतिष्ठा प्रदान गर्ने कारकत्व पनि यी दुबै ग्रहमा विद्यमान छ। यसले एकै पलमा मानिसलाई रोडपतिबाट करोडपति बनाइदिन्छ भने कत्ति मान्छेलाई यसले करोडपतिको स्थितिबाट सडकमा ल्याएर उभ्याएको प्रसङ्ग पनि सुन्न पाइन्छ। शनेस्तु त्रिदशे पूर्णदृष्टि शनि ग्रह आफू बसेको ठाउँबाट तृतीय र दशम भावमा पूर्ण दृष्टि दिन्छ। सूर्यको अंशबाट शनि १७° अंश भित्र हुँदा शनि अस्त हुन्छ।
शनिको अन्यनामहरू
ज्योतिषशास्त्रमा अरुणात्मज, अर्कज, असित, आदित्यसूनु, काल, नीलवसन, मन्दग, शनि, शनि ग्रह, शनिश्चर, शनैश्चर, सौरि, सूर्यपुत्र, छायासुत र मन्द नामबाट यसको वर्णन गरिएको पाइन्छ।
शनिको समय अवधि
साढे सातीशनि
द्वादशे जन्मभे राशौ द्वितीये च शनैश्चर:।
सार्धानि सप्तवर्षाणि तदा दु:खैर्युतो भवेत्॥
ज्योतिषमा शनि ग्रहको महत्व
ज्योतिषमा शनिलाई आयु, नोकरी, फलाम, माटो मुनिका वस्तु, Agent (Middle Man) दु:ख तथा प्राविधिक पक्षको कारक ग्रह मानिन्छ।
शनिको मित्र र शत्रु ग्रह
जन्मकुण्डलीमा शनिसँग राहु वा केतु एउटै राशीमा हुँदा त्यसलाई "पितृदोष" मानिन्छ। पितृदोषको प्रभावले परिवारका सदस्यहरू माझमा अन्तरकलह, आर्थिक कष्ट, मतभेद, पितापुत्रमा झै-झगडा र उन्नतिमा अवरोध जस्ता कष्टहरू खेप्नु पर्दछ। पितृदोषको अनिष्ट निवारण गर्नु आवश्यक हुन्छ। शनिसँग सम्बन्धित सबैभन्दा उत्तम व्यवसायहरूमा फलाम, कोइला खानी, पेट्रोल, कालो ढुंगा, निर्माण सामग्री, तेल आदि।
मन्द: करोति कलहं तनुकृच्छ्रमृत्युंबन्ध्वार्तिमग्निरिपुभूतभयं।
मानार्थहानिमभिमानकलत्रपुत्र-नाशं गृहार्थकृषिवाणिजगोविनाशम्॥
यदि शनि शरीर र आत्माको राशिमा छ भने, विवाद (झगडा), शारीरिक पीडा, मृत्यु, आफन्तहरूलाई विपत्ति, आगोको डर, शत्रु र भूतको त्रास, विषबाट पीडा, धन, सम्मान, आत्मसम्मान, पत्नी, छोरा, घर, धन, कृषि, व्यवसाय, गाई आदि नष्ट हुन्छन्।
शनिलाई एक पाप ग्रह मानिन्छ। यसले मानिसलाई दुर्भाग्य र संकटका घेरामा पारेर अन्तत: उसलाई शुद्ध र सात्त्विक बनाइदिन्छ। जातकको कुण्डलीमा शनिलाई बुढा-बुजुर्ग तथा नोकरको कारक ग्रह मानिन्छ। शनि सप्तम स्थानमा बलवान् हुन्छ। शनि ग्रह मकर र कुम्भ राशिको स्वामी हो।
शनि खराब स्थितिमा छ भने जातकलाई आफ्ना घरका ठूला-बुजुर्गहरूको सहयोग प्राप्त हुँदैन र प्राय: कुनै न कुनै रोगले सताइरहन्छ। जातकलाई हड्डी वा जोर्नीसम्बन्धी समस्या उत्पन्न हुन्छ। शनि ग्रह लामो समयसम्म चल्ने रोगको कारक हो। शनि ग्रहको दशा आएमा जातक कुनैपनि दीर्घ रोग, पारिवारिक झमेला, कार्यमा रुकावट, पैसा फस्ने, चोटपटक लाग्ने, मुद्दामामिला पर्ने मध्ये कुनै न कुनै समस्या 100% हुन्छ।
शनि ग्रहको कार्यक्षेत्र
शनि ग्रहको प्रभाव
शनिलाई आयु, दु:ख, रोग, पीडा, विज्ञान, प्रविधि, फलाम, खनिज तेल, कर्मचारी, सेवक, जेल आदि कुराको कारक ग्रह मानिन्छ। नौ ग्रहहरूमध्ये शनिको गति सबैभन्दा मन्द हुन्छ। समाजमा शनि ग्रहलाई लिएर नकारात्मक धारणा बनेको छ। धेरै मानिसहरू शनिको नाम सुन्नासाथ डराउन थाल्छन्। तर वास्तविकता त्यस्तो होइन। शनिलाई क्रूर ग्रह मानिए पनि पीडित अवस्थामा भएमा मात्र जातकलाई नकारात्मक फल दिन्छ।
शनि ग्रहको मानव जीवनमा प्रभाव
यदि कुनै व्यक्तिको कुण्डलीमा शनि उच्च अवस्थामा छ भने निर्धन अवस्थाबाट राजसमान स्थितिमा पुर्याउँछ। शनि तीनै लोकको न्यायाधीश हो, त्यसैले व्यक्तिलाई उसको कर्मका आधारमा फल प्रदान गर्छ। शनि ग्रह बलियो भएमा जातकलाई कर्मठ, मेहनती र न्यायप्रिय बनाउँछ। यसले कार्यक्षेत्रमा सफलता दिलाउँछ, धैर्यशील बनाउँछ र जीवनमा स्थिरता कायम राख्न सहयोग गर्छ। यसका साथै आयु वृद्धि पनि गराउँछ।
पीडित शनि
कार्यक्षेत्र
Automobile, धातुसम्बन्धी व्यापार, Engineering, मेसिन, छाला, काठ, आलु, कालो दाल, तोरीको तेल, कालो वस्तुहरू, फलाम, केमिकल उत्पादन, ज्वलनशील पदार्थ, कोइला, अत्यधिक परिश्रम आवश्यक पर्ने कामहरू पुराना वस्तुहरू आदिको सम्बन्ध शनि ग्रहसँग हुन्छ।
स्थान
कारखाना, कोइलाको खानी, कारागार, पहाड, जंगल, गुफा, भग्नावशेष, इनार, फोहोर बस्ती तथा कलह-क्लेश हुने स्थानहरू।
रुद्राक्ष
७ मुखी रुद्राक्ष शनि ग्रहका लागि धारण गरिन्छ।
शनि ग्रहको वैदिक मन्त्र
ॐ शं नो देवीरभिष्टय आपो भवन्तु पीतये। शंयोरभिस्त्रवन्तु न:॥
शनि ग्रहको तान्त्रिक मन्त्र
ॐ शं शनैश्चराय नम:॥
शनि ग्रहको बीज मन्त्र
ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम:
शनि गायत्री मन्त्र
सूर्यपुत्राय विद्महे मृत्युरूपाय धीमहि। तन्न: सौरि: प्रचोदयात्॥
शनि ग्रहसँग सम्बन्धित उपायहरू