रेवती नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूको अन्तिम (२७औं) नक्षत्र हो। यो मीन राशिको १६°४०' देखि ३०°००' सम्म फैलिएको हुन्छ। "धनी" वा "समृद्ध", पोषण गर्ने, प्रकाश दिने र मार्गदर्शन गर्ने। यो नक्षत्र समृद्धि, पोषण, आध्यात्मिक र नयाँ शुरुआतको प्रतीक मानिन्छ।
व्यक्तित्व गुण
सकारात्मक पक्ष
करियर र रुचि क्षेत्र
मीठो बोली बोल्ने, मित्रतापूर्ण व्यवहार भएको र स्वतन्त्र प्रकृतिको हुन्छन्। कसैको पनि काममा बाधा नगर्ने र आफूले पनि अरूबाट यस्तै आशा राख्दछन्। परिस्थिति अनुसार मान्छेसंग आफ्नो व्यवहार परिवर्तन गर्ने, कुनै पनि कुरा गुप्त राख्न नसक्ने, इमानदार र स्पष्ट हृदयको हुन्छन्। व्यवहार धेरै धार्मिक हुने र पुरातन संस्कृति र इतिहासमा धेरै चासो राख्ने, लचिलो स्वभावको हुन्छन्। आफ्नो कार्य पूरा गर्नु परेमा इमानदारीका साथ पूरा गर्ने यसै गुणले गर्दा सफलता पाउनु हुनेछ। कुशल र ज्ञानी, दिमाग पनि तेज, शिक्षाको स्तर उच्च छ। विद्वान, सधैं मीठो बोली बोल्ने व्यवहारले सबैले आफ्नो मित्र मनाउन चाहन्छन्। समाजमा आदरपूर्ण व्यक्ति र अरुलाई माया, साथ सहयोग गर्न सधैँ तत्पर रहने स्वभाव हुन्छ। आध्यात्मिकतामा गहिरो रूचि र आस्था छ। जीवन तपाईंले चाहे अनुसार परम आनन्द, खुशी र सुखसाधन सम्पन्न बित्नेछ। वित्तीय दृष्टिले धेरै सुखी र समृद्ध हुनु हुनेछ। तपाईंले छोराछोरीबाट पनि पर्याप्त आनन्द प्राप्त गर्नु हुनेछ र आफ्नो बाबुबाट साथ सहयोग माया पूर्णरुपमा मिल्छ।
कामप्रति बलियो झुकाव हुन्छ। मेहनत, बुद्धि र परिश्रमका साथ काममा एउटा उच्च पद हासिल गर्नु हुनेछ। तपाईंका अनुकूल पेशाहरू हुन् - कलाकार, चित्रकार, सम्मोहन विशेषज्ञ, Actor, संगीतकार, जादूगर, घडीहरु वा भित्तेघडी सम्बन्धित काम, भवन निर्माण सम्बन्धित काम, पात्रो वा पञ्चांग निर्माता, रत्न व्यापारी, अनाथालय सम्बन्धित काम, धार्मिक संस्थाहरुको सञ्चालक, यातायात नियन्त्रण, सडक सुरक्षा कर्मी, Flight Attendant, Water Transport Related Work, H-Care, Police, Electricity, Roads Related Work.
चिन्ह
A Drum or A Fish Swimming in The Sea
नामाक्षर
De, Do, Cha, Chi
नियन्त्रण ग्रह
Mercury
नक्षत्र
32
तत्व
Ether
रङ
Brown