उत्तरभाद्रपदा २७ नक्षत्रहरूमध्ये २६औं नक्षत्र हो। यो मीन राशिमा ३°२०' देखि १६°४०' सम्म फैलिएको छ। यो ज्ञान, आध्यात्मिकता, सौभाग्य र क्रोध नियन्त्रणको प्रतीक हो। उत्तरभाद्रपद नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया शान्त, बुद्धिमान, धार्मिक र आकर्षक व्यक्तित्वका धनी हुन्छन्। मेहनती र महत्वाकांक्षी हुन्छन्, प्राय: उच्च पदमा पुग्छन्। शिक्षा औपचारिक नभए पनि आत्म-ज्ञानबाट सफल। करियरमा उत्तरार्धमा स्थिरता र प्रशंसा मिल्छ, धन आर्जन राम्रो हुन्छ।
स्वामी ग्रह: शनि
देवता: अहिर्बुध्न्य (समुद्रको सर्प)
प्रतीक: शय्याको पछिल्ला खुट्टा वा पानीमा सर्प
गुण: तामसिक प्रकृति, तर शुभ प्रभावले आध्यात्मिक र धार्मिक बनाउँछ।
व्यक्तित्व गुण
सकारात्मक पक्ष
चुनौतीपूर्ण पक्ष
करियर र रुचि क्षेत्र
साथीभाइ र आफन्त तपाईमा समर्पित हुनेछन्। व्यक्तित्व आकर्षक र अनुहारमा सधैं मुस्कान रहन्छ। हृदय कोमल, सफा, ज्ञानी, बुद्धिमानी र समझदार स्वभाव, व्यवहार कसैको लागि पक्षपातपूर्ण हुँदैन। माया गर्नेहरूको लागि आफ्नो तन मन धन समय र जीवन पनि बलिदान दिन पछि नहट्ने। बोलीले अरुलाई प्रभावित पार्ने र आफ्ना शत्रुहरूलाई जित्नु हुनेछ। धेरै शिक्षा प्राप्त नगरे तापनि ज्ञान योग्यता प्राप्त गरेको मान्छेको बराबर हुन्छ। ललित कलामा चासो राख्ने, विभिन्न साहित्य, कविता, उपन्यासका पुस्तक र अन्य लेखहरू लेखेर कृति राख्ने। कुनै पनि विफलताको कारण दुखी नहुने। वर्तमान र जीवनको सत्यतामा विश्वास भएकाले हावामा महल निर्माण गर्ने स्वभाव हुँदैन। चरित्रको आधारमा सबल व्यक्ति कामुकता तिर आकर्षित हुन दिँदैन। धर्ममा गहिरो आस्था राख्ने र धार्मिक कार्य, विज्ञान, दर्शन र रहस्यमय विषयहरूमा गहिरो चासो रहन्छ।आफ्नो व्यक्तित्वले गर्दा तपाईले समाजमा धेरै आदर र सम्मान प्राप्त गर्नु हुनेछ। तपाईको वयस्क जीवन आनन्द पूर्ण हुनेछ।
शिक्षा राम्रो हुनेछ र धेरै विषयको ज्ञान हुनेछ। अनुकूल पेशाहरू: ध्यान र योग विशेषज्ञ, निदान र चिकित्सा विशेषज्ञ, सल्लाहकार, आध्यात्मिक गुरु, सन्त, योगी, आध्यात्मिक व्यक्ति, दान संगठनका लागि सम्बन्धित काम, तपाईको वैवाहिक जीवन आनन्दपूर्ण हुनेछ। जीवन साथी धेरै सक्षम हुनेछ र छोराछोरीहरू नै तपाईका वास्तविक धन-सम्पत्ति हुनेछन्। वास्तविक भाग्य विवाह पछि प्राप्त हुनेछ। बच्चाहरु आज्ञाकारी, ज्ञानी र आफूभन्दा ठूलाहरूलाई आदर गर्ने हुनेछन्।
चिन्ह
Two Back Legs of A Bed or Funeral Cot
नामाक्षर
Du, Tha, Jha, Nya
नियन्त्रण ग्रह
Saturn
नक्षत्र
2
तत्व
Ether
रङ
Purple