ज्योतिषमा बुध (Mercury) लाई मिथुन राशि, कन्या राशि, अश्लेषा, जेष्ठा र रेवती नक्षत्रको स्वामी हाे। बुध ग्रह तृतीय र छैठौँ भावको स्वामी साथै तृतीय भावको कारक ग्रह हो। बुध ग्रहकी पत्नी भद्रिका हुन्। जुन कथन र विचारलाई व्यक्त गर्ने ग्रह हो। बुध एक राशिमा लगभग १ महिना रहन्छ। सूर्यको आसपास यो २८ अंश निकट नै रहन्छ, बुध ग्रहले एक राशिमा २३ दिन सम्म बस्दछ। यो चन्द्रमाजस्तै अत्यन्त महत्त्वपूर्ण ग्रह हो। यसले मुख्य रूपमा मनमा प्रभाव पार्दछ। बुधको बलअनुसार मानसिक तथा बौद्धिक उन्नति देखाउँछ, साथै शास्त्रीय विषयप्रतिको झुकाव र मधुर वाणी (उत्तम वक्ता) को कारक हो।
बुधको समय अवधि
बुधको अन्यनामहरू
चन्द्रसुत, सौम्यविद, ज्ञ, बोधन, इन्द्रपुत्र, सोमज, हेम्नकुमार, प्रभासुत र तारातनय।
वैज्ञानिक दृष्टिकोणमा
बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्यको नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिठो परिक्रमा गर्दछ। बुध ग्रहले सूर्यको परिक्रमा गर्न पृथ्वीको ८७.९६९ दिन बराबरको समय लगाउँछ। अर्थात् बुध ग्रहको एक वर्ष बराबर पृथ्वीको ८७.९६९ दिन हुन्छ।
बुधले पृथ्वीको समयको आधारमा आफ्नो कक्ष (Orbit) मा एक फन्को मार्नको लागि २१११.२६ घण्टा समय लगाउँछ। पृथ्वीमा १०० केजी तौल भएको मानिसलाई बुध ग्रहमा जोख्ने हो भने उसको तौल ३८ किलो मात्र हुन आउँछ। बुधको पृथ्वीबाट औसतम दूरी कति हो पृथ्वीबाट औसत दूरी लगभग न्यूनतम दूरी (नजिकको बिन्दुमा) करिब ७.७ करोड किमी र अधिकतम दूरी करिब २२.२ करोड किमी हुन्छ। पृथ्वीबाट औसत दूरी लगभग ९.१२ करोड कि.मी.)। सूर्य उदाउनु भन्दा पहिले र सूर्य अस्ताउने बित्तिक्कै खुला आकाशमा यो ग्रहलाई नाङ्गो आँखाले देख्न सकिने हुनाले 'सूर्योदयको तारा' (Morning Star) त कहिले 'सूर्यास्तको तारा' (Evening Star) भनिन्छ।
ज्योतिषीय आधार
बुध ग्रहले व्यक्तिको बौद्धिक क्षमता, संचार र व्यावसायिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। बुध ग्रहको रङ हरियो हो। बुध ग्रह कृषि, पठन-पाठन, बुद्धि, व्यापार, वाणिज्य, वित्तीय क्षेत्र, चलाख, गाडी आदि। बुध ग्रह कुमार अवस्था र बुद्धिको कारक ग्रह हो। बृहत् पाराशर, सारावली, फलदीपिका आदि ग्रन्थहरूको मतअनुसार बुध ग्रह सुन्दर, हास्यप्रिय, वात-पित्त-कफ प्रकृतिको, कार्य गर्नमा चतुर, मधुर भाषी, रजोगुणी, विद्वान्, कलामा निपूर्ण ग्रह हो। सबै प्रकारका लिखित शब्दहरू बुध ग्रहको अधिनमा पर्छन्। बुध ग्रह शुभ ग्रह हो तर अशुभ ग्रहसँग मिलेमा स्वयं पनि अशुभ फल दिन थाल्छ।
बुध ग्रह वक्री (Retrograde) भएमा
तब मनको क्रियाशीलता सुस्त हुन्छ र कहिलेकाहीँ व्यक्तिले उल्टा काम गर्न थाल्छ। चाँडै र अनावश्यक रूपमा रिस उठ्ने, Irritated स्वभावको हुन्छ। काममा लापरवाही गर्नाले ठूलो हानि वा नोक्सानी, Depression हुन्छ।
बुध अशुभ भएमा
जब बुध अशुभ हुन्छ तब एउटा शब्द बोल्छु भन्दा अर्को शब्द बोल्ने, कुरौटे, अनावश्यक कुरा गर्दै हिँड्ने, ठट्टाबाजी, झूट बोल्ने, गोप्य कुरा शत्रुलाई जानकारी गराउने, उल्टा काम गर्ने, मित्रसँग झगडा हुनु, नसाहरू सुन्निनु, पढाइमा Gap र रुकावट हुने, व्यापारमा घाटा हुन्छ।
जन्म कुण्डलीमा बुध र चन्द्रमाले योग गरेर छैठौँ वा बाह्रौं भावमा Depression को सिकार, एक्लोपन महसुस हुने, निर्णय लिन कठिनाई हुन्छ।
बुधले दिने रोगहरू
मिर्गी, छाला रोग, फोक्सो, छाला, एलर्जी, नसा, बाणी, चेतना, मस्तिष्क (Brain), मेरुदण्ड (Spinal Cord), स्नायुहरू (Nerves System) सम्बन्धी समस्या हुन्छ।
बुध ग्रहको कार्य क्षेत्र
शास्त्र, ज्ञान, शिक्षा, Teaching, Banking, लेखा, लेखनकला, शिल्पकला, वकिल, शैक्षिक संस्था, कलाकार, Stationery, Tuition Center, कृषि क्षेत्र, छापाखाना, Banking क्षेत्र, Consultancy को क्षेत्रमा राम्रो हुन्छ।
बुध ग्रहको मुख्य प्रभाव
बुद्धि, बौद्धिक वर्ग, सञ्चार, गणित, व्यापार, विश्लेषण, शिक्षा, अनुसन्धान, प्रसन्नचित्त, हाँस्यप्रेमी, विद्वान्, नयाँ-नयाँ योजना बनाउने, राम्रो सल्लाहकार, हस्तकला, कार्य कुशलता, अरुको काम पनि पूर्ण जिम्मेवारीको साथ निभाउने, मानसिक अवस्था, सवारी चालक, हुलाक (Post Office), समाचार, विद्या, चतुरता, साहित्य, विवेक, बालबालिका, वाणी, युवराज, Accountant, Writer, परिवर्तन, शिल्पकला, संगीत, नसाहरू, मस्तिष्क, जिब्रो, मित्रता, उपदेश दिने, Extra Knowledge भएको, पत्रकारिता, हाँस्यव्यङ्ग्य, सिरियलको मुख्य पात्र बनाउँछ, Social Media बाट Viral हुने र वेद-शास्त्रको प्रतिनिधित्व गर्छ। नाक र घ्राणशक्ति (Sense of Smell) सम्बन्धी विचार गरिन्छ।
नाता सम्बन्ध
दिदी-बहिनी, भान्जा-भान्जी, फुपू, मावली, मित्र,
बुधको पढाइ क्षेत्र
Physiotherapist
विशेष योग
बुधको रत्न
हरियो रङ, धातु, पित्तल र रत्नहरूमध्ये पन्ना (Emerald) बुधका प्रिय वस्तुहरू हुन्।
बुध ग्रहको द्वितीयसँग प्रभावित रहँदा वा चन्द्रमा वा शुक्रसँग प्रभावित योग गर्दा Banking क्षेत्रबाट विशेष सफलता मिल्छ। हसिलो स्वभावको, मिठो उत्तर दिने र साथीको कुराले अत्यन्तै छिटो प्रभावित पर्ने, बाणीसँग सम्बन्धित, वकिल, मार्केटिङ, यात्रा, Driving क्षेत्र यो स्वामी परेका मान्छेका लागि अत्यन्तै लाभदायी हुन्छ। चन्द्रमा शत्रु भएर पनि तृतीय स्थानमा चन्द्रमासँग योग गर्दा र पञ्चमेश बलवान हुँदा यसले मान्छेलाई CA पढाइमा सफलता मिल्छ। त्यस्तै यो बाणीसँग प्रभावित हुँदा वक्तृत्व कला, Quiz सफलता दिलाउँछ। एजेन्ट भएर काम गर्ने, धेरै शास्त्र र पढाइका विधामा ज्ञान आर्जन गर्ने, कमेडी गरेर खाने र बुध ग्रह खराब भएमा पार्टनरसँग मिलेर कुनै पनि काम गर्नु हुँदैन।
कुण्डलीमा बुध कमजोर छ भने संकोची हुन्छ र आफ्नो कुरा राख्नमा समस्या हुन्छ वा आफ्नो कुरा सजिलै व्यक्त गर्न सक्दैन साथै आफ्नो बोलीमा नियन्त्रण राख्न सक्दैन र बोलीको कारण उसको काम बिग्रिन्छ।
उपायहरू