ग्रहको बारेमा

नवग्रह वैदिक ज्योतिषमा मानव जीवन, प्रकृति र कर्मसँग सम्बन्धित नौ प्रमुख ग्रहहरूको समष्टि हो। यसमा सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु पर्दछन्। सूर्य आत्मा, शक्ति र अधिकारको कारक हो भने चन्द्र मन, भावना र मानसिक अवस्थाको सूचक हो। मंगल साहस, ऊर्जा र संघर्षसँग सम्बन्धित छ, बुध बुद्धि, वाणी र व्यापारको कारक मानिन्छ। बृहस्पति ज्ञान, धर्म, भाग्य र विस्तारको प्रतीक हो भने शुक्र प्रेम, सौन्दर्य, सुख र भौतिक ऐश्वर्यसँग जोडिन्छ। शनि कर्म, अनुशासन, परिश्रम र फलको प्रतीक हो। राहु र केतु छायाग्रह मानिन्छन्, जसले आकांक्षा, भ्रम, अचानक परिवर्तन, वैराग्य र आध्यात्मिक उत्थानमा प्रभाव पार्छन्। समग्रमा नवग्रहले व्यक्तिको स्वभाव, भाग्य, सफलता र जीवनयात्रालाई मार्गदर्शन गर्दछ।

सूर्य ग्रह

सूर्य ग्रह

सूर्य ग्रह महर्षि कश्यप र अदितिका पुत्र हुन्, जसलाई “आदित्य” पनि भनिन्छ। रवि, हेली, भास्कर, विकर्तन, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हुन्। यो लग्नको कारक ग्रह हो। “सूर्य आत्मा जगत: तस्थुषश्च” आत्मा, आत्मबल, तेज, सम्मान, नेतृत्व, आत्मविश्वास र स्वास्थ्यको कारक हो। सिंह राशिको स्वामी, मेषमा उच्च र तुलामा नीच हुन्छ।
अरू पढ्नुहोस्  
चन्द्र ग्रह

चन्द्र ग्रह

चन्द्रमा (Moon) एक हिन्दूका देवता पनि हुन्। "चन्द्र" शब्दको शाब्दिक अर्थ "उज्ज्वल वा चम्किलो" हो र अन्य भाषाहरूमा जून, शशी, इन्दु, चन्द्रमा, रजनीश, मयंक, कलाधर, निशाकर, राकेश र सोम भनिन्छ। चन्द्रमाका सोह्र कला (अमृता, मानदा, पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र पूर्णामृता) छन। चन्द्रमाको पिता अत्रि ऋषि हुन्। चन्द्रमाको सन्तान बुध, वरचा, भद्रा हुन्। सहोदर (दाजुभाई) दुर्वासा र दत्तात्रेय हुन्। चन्द्रमाको दिन सोमबार हो।
अरू पढ्नुहोस्  
मंगल ग्रह

मंगल ग्रह

मङ्गल (Mars) ग्रह पृथ्वीभन्दा आकारको हिसाबले झण्डै आधा सानो छ। यसको व्यास ४२२० माइल (Miles) रहेको छ। वजनको हिसाब गर्दा मङ्गलको तौल पृथ्वीको भन्दा दश गुणा कम छ। पृथ्वीमा ३ सय ६५ दिनको एक वर्ष हुन्छ तर मङ्गल ग्रहमा ६ सय ८७ दिनको एक वर्ष हुन्छ। यसको मतलब मङ्गलले सूर्यको एकपटक परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ। मङ्गल ग्रहमा २४ घण्टा ३७ मिनेटको एक दिन हुन्छ।
अरू पढ्नुहोस्  
बुध ग्रह

बुध ग्रह

ज्योतिषमा बुध (Mercury) लाई मिथुन राशि, कन्या राशि, अश्लेषा, जेष्ठा र रेवती नक्षत्रको स्वामी हाे। बुध ग्रह तृतीय र छैठौँ भावको स्वामी साथै तृतीय भावको कारक ग्रह हो। बुध ग्रहकी पत्नी भद्रिका हुन्। जुन कथन र विचारलाई व्यक्त गर्ने ग्रह हो। बुध एक राशिमा लगभग १ महिना रहन्छ। सूर्यको आसपास यो २८ अंश निकट नै रहन्छ, बुध ग्रहले एक राशिमा २३ दिन सम्म बस्दछ। यो चन्द्रमाजस्तै अत्यन्त महत्त्वपूर्ण ग्रह हो। यसले मुख्य रूपमा मनमा प्रभाव पार्दछ। बुधको बलअनुसार मानसिक तथा बौद्धिक उन्नति देखाउँछ, साथै शास्त्रीय विषयप्रतिको झुकाव र मधुर वाणी (उत्तम वक्ता) को कारक हो।
अरू पढ्नुहोस्  
बृहस्पति ग्रह

बृहस्पति ग्रह

वृहस्पति (Jupiter) ग्रह सौर्यमण्डलको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौ ग्रह हो। कक्षीय गति (Orbital Speed) १३.०७ कि.मी./से.। कक्षीय अवधि (Orbital Period) ४,३३२.५९ दिन। वृहस्पति "प्रार्थना र भक्तिको स्वामी" हो र देवताको गुरु भनिन्छ। ऋग्वेद अनुसार वृहस्पति अंगिरस ऋषिको पुत्र हो। ज्योतिषमा वृहस्पतिलाई धनु राशि, मीन राशि र पुनर्वसु, विशाखा र पूर्वाभाद्रपदा नक्षत्रको स्वामी मानिन्छ।
अरू पढ्नुहोस्  
शुक्र ग्रह

शुक्र ग्रह

भरणी, पूर्वाफाल्गुनी, पूर्वाषाढा नक्षत्र तथा शुक्र ग्रह वृष र तुला राशिको स्वामी हो। शुक्र ग्रह आग्निय कोणमा बास रहन्छ। शुक्र ग्रहको पत्नी सिद्धा हुन्। शुक्र ग्रहको गोत्र भार्गव हो र अधिपति उमा हुन्। शुक्र कुण्डलीमा साधारणतया द्वितीय र सप्तम भावको मालिक हो। शुक्रलाई प्रायः “दैत्य गुरु” भनेर चिनिन्छ। शुक्र एक राशिमा करिब २३ दिन सम्म रहन्छ। शुक्र ग्रह (Venus) को व्यास १२ हजार १०२ किलोमिटर छ। शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख ८ हजार ९ सय किलोमिटरको दूरीमा रहन्छ। शुक्र ग्रहले सूर्यलाई एक पटक परिक्रमा गर्न ८ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ। औसत कक्षीय गति ३५.०२० कि.मी./से। पृथ्वी र शुक्र ग्रहबि...
अरू पढ्नुहोस्  
शनि ग्रह

शनि ग्रह

सौर्यमण्डलमा सूर्यबाट छैटौँ ग्रह शनिग्रह हो। यो एउटा ग्यासको पिण्ड (Gas Giant) हो जसमा ग्यास नै ग्यास रहेको छ। यसमा ठोस सतह नै छैन। यो एकदम तिब्र गतिले घुम्छ। यदि शनिलाई ठूलो पोखरीमा राख्ने हो भने पोखरीमा शनि तैरिन्छ। शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले ९.६८ (km/s) किलोमिटर प्रति सेकेण्डको औसत गति (Orbital Speed) ले आफ्नो ध्रुवमा एक फन्को लगाउँछ। पृथ्वी र शनि बीचको दूरी 8.52×149,597,870.7≈1,274,176,973 km रहेको छ। शनि ग्रहले सूर्यको एक फन्को (Orbital Period) लगाउन २९.४४७५ पृथ्वी वर्ष लगाउँछ, जुन हाम्रो पृथ्वीको लगभग ११,८६२ दिन बराबरको समय हो।
अरू पढ्नुहोस्  
राहु ग्रह

राहु ग्रह

राहु (“चन्द्रमाको उत्तरी नोड” North Lunar Node) ग्रह हिन्दू ज्योतिषशास्त्रको अनुसार, नवग्रहहरू मध्ये एक र संकटाको स्वामी हो। राहु ग्रह राक्षस स्वरभानुको काटिएको टाउको हो, जसले ग्रहणको समयमा सूर्य र चन्द्रमालाई छेक्छ। यसलाई कलात्मक रूपमा टाउको भएको र शरीर नभएको सर्पको रुपमा चित्रण गरिन्छ। राहुलाई ८ वटा श्याम वर्णको कुकुरले तान्ने रथमा सवार भएको देखाइने गरिन्छ। राहु ग्रह कुनै पनि राशिको स्वामी होइन तर मिथुन राशिमा राहु उच्च र धनु राशिमा नीच हुन्छ। २७ नक्षत्रमध्ये राहु ग्रह आद्रा, स्वाती र शतभिषा नक्षत्रको स्वामी हो। वास्तवमा, सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा र चन्द्रमाको मुख सूर्यतर्फ हुँदा...
अरू पढ्नुहोस्  
केतु ग्रह

केतु ग्रह

ज्योतिषमा केतु (“दक्षिणी चन्द्र नोड” South Lunar Node) ग्रहलाई एक अशुभ ग्रह मानिन्छ। तर यसको अर्थ केतुबाट सधैँ खराब फल मात्र प्राप्त हुन्छ भन्ने होइन। केतु ग्रहले व्यक्तिलाई शुभ फल पनि प्रदान गर्छ। केतु आध्यात्म, वैराग्य, मोक्ष, तान्त्रिक शक्ति आदिको कारक ग्रह हो। ज्योतिषमा केतु कुनै पनि राशिको स्वामी होइन। तर धनु राशिमा केतु उच्च मानिन्छ भने मिथुन राशिमा केतु नीच मानिन्छ। २७ नक्षत्रमध्ये केतु अश्विनी, मघा र मूल नक्षत्रको स्वामी हो। केतु एक छाया ग्रह हो। वैदिक शास्त्र अनुसार केतु स्वरभानु नामक राक्षसको धड (घाँटीबाट तलको शरीर) हो भने यसको शिर भागलाई राहु भनिन्छ। ज्योतिष शास्त्र अनुसार राहु र के...
अरू पढ्नुहोस्