मंगलबारको व्रत कसरी गर्ने

ब्रत सुरु गर्दा मन्दिरमा गई पण्डितद्वारा प्रतिज्ञा र गोदान संकल्प सहित गणेश भगवानको पुजा गरेर सुरु गर्नु,
घरमा धातुको गणेश मुर्तिलाई प्राणप्रतिष्ठा गरेर तामा वा काँशको थालीमा राखी तलको विधिले क्रमैसँग पूजा गर्नु 

  • पाद्य: भगवानको गोडा धुने जल।
  • अर्घ्य: सम्मानस्वरूप चढाइने विशेष जल।
  • आचमन: चोखिनका लागि प्रयोग गरिने सुगन्धित जल।
  • पञ्चामृत स्नान: दूध, दही, घिउ, मह र चिनी मिसाएर चन्द्रमालाई स्नान गराउने।
  • शुद्ध जल स्नान: पञ्चामृतले नुहाएपछि फेरि सफा जलले नुहाउने। त्यसपछि…
  • वस्त्र, उपवस्त्र, जनै, चन्दन (अबिर, केशरी), जौ, तिल, लाभा (भुटेको धान), दुबो, फूल, धूप (धूपबत्ती), कपुरको दीप (आरती), नैवेद्य (तिलको लड्डु) र दक्षिणा।
  • मन्त्र जप: पूजा सकिएपछि “ॐ अं अङ्गारकाय नम: अथवा ॐ अग्निर्मूर्धा दिव: ककुत्पति: पृथिव्या अयम्। अपा गुङ् रेता गुङ् सि जिन्वति॥ अथवा ॐ भ्रामरी जगतामधीश्वरी भ्रामरी क्लीं स्वाहा॥” मन्त्रको १०८ पटक जप गर्ने।
  • अर्घ्यका सामग्रीहरू: काँसको कचौरामा दहि, दूध, घिउ, तोरी (सर्स्यूँ), जल, कुश, सुपारी, तिल, अबिर, केशरी, दुबो र फूल मिसाएर अर्घ्य तयार पार्ने।
  • आचमनका सामग्रीहरू: कचौरामा जल, कपुर, ल्वाङ, सुकमेल
  • पाद्यका सामग्रीहरू: कचौरामा जल, जौ, तिल, कुश, अबिर, केशरी

सुरुमा मन्दिर जादाँ आवश्यक सामाग्री
२१ सरे २१ वटा बत्ति, सलाई, माटाको पाला, २१ वा १ ठुलो वटा तिलको लड्डु, तामाको त्रिशुल, जनै १, काँचो नरिवल १ वटा, सलाई, दुध, दहि, घ्यु, मह, चिनी, सर्स्यु, फलफुल, सुपारी, कुश, कपुर, अबिर, केशरी, सिन्दुर, जौ, तिल, ल्वाङ, सुकमेल, ध्वजा, लाभा, सिन्दुर, बेसार, दुबो, चामल, टपरी ७, दुना १५ र दक्षिणा।