मिथुन राशि मृगशीरा नक्षत्र: (का, की), आर्द्रा नक्षत्र: (कू, घ, ङ, छ) पुनर्वसु नक्षत्र: (के, को, हा) अक्षरको मिलनबाट बनेको हुन्छ। राशि स्वामी बुध ग्रह हुन्। शुभरत्न पन्ना हो। शुभवार बुधवार, शुक्रवार र शनिवार हुन्। घातवार सोमबार हो। मिथुन राशिलाई वृश्विक र मकर राशि शत्रु हुन्छ। वुद्धिमान्, चतुर, नम्र स्वभाव भएको, मीठो बोल्ने, सधै प्रसन्न भई रहने, बुढाबुढीहरुको सेवा गर्नमा आफूलाई समर्पित गर्ने, कामुक, गणितज्ञ हुने, धनवान्, ऐश्वर्यशाली, हँसिलो स्वभाव भएको, कुनै पनि विषयमा शीघ्र निर्णय लिन असर्मथ भएको, शान्त चित्त, यात्रा तथा परिवर्तन प्रेमी, साहित्य, कला आदि विषयमा विशेष रुचि राख्ने हुन्छ। उमेरको ३२ वर्षमा भाग्योदय हुन्छ। मिथुन राशिको प्रतीक जुडुवा (Twins) हो जसले दोहोरो व्यक्तित्व देखाउँछ। बुद्धि, बौद्धिक वर्ग, सञ्चार, गणित, व्यापार, विश्लेषण, शिक्षा, अनुसन्धान, प्रसन्नचित्त, हाँस्यप्रेमी, विद्वान्, नयाँ-नयाँ योजना बनाउने, राम्रो सल्लाहकार, हस्तकला, कार्य कुशलता, अरुको काम पनि पूर्ण जिम्मेवारीको साथ निभाउने, मानसिक अवस्था, सवारी चालक, हुलाक (Post Office), समाचार, विद्या, चतुरता, साहित्य, विवेक, बालबालिका, वाणी, युवराज, Accountant, Writer, परिवर्तन, शिल्पकला, संगीत, नसाहरू, मस्तिष्क, जिब्रो, मित्रता, उपदेश दिने, Extra Knowledge भएको, पत्रकारिता, हाँस्यव्यङ्ग्य, सिरियलको मुख्य पात्र बनाउँछ, Social Media बाट Viral हुने र वेद-शास्त्रको प्रतिनिधित्व गर्छ। नाक र घ्राणशक्ति (Sense of Smell) सम्बन्धी विचार गरिन्छ। माहिली पर्ने अर्थात् जेठी र कान्छी बाहेकका महिलाहरुसँग सम्बन्ध राम्रो हुनेछ। उमेरको ८, १०, २८, ९२, ९४ वर्ष, महिना र दिन यसराशिका व्यक्तिलाई अशुभदायी फल प्राप्त हुनेछ। प्रतिपदा, सप्तमी र द्वादशी तिथि अनिष्टदायक हुन्छन्। कर्कट राशिसँग शत्रुता हुने हुन्छ।
मिथुन राशिको विशेषता बोली, सामाजिक सञ्जाल, सञ्चार, बुद्धि र पुस्तक यिनीहरूका लागि अत्यन्त महत्वपूर्ण रहन्छ। यिनीहरूलाई हरेक क्षेत्रमा जस्तै गाडी चलाउन, Musical Instruments सिक्न, गीत सुन्न, किताब पढ्न, अरुको मुखबाट नयाँ कुरा सुनेर सिक्न, समाजसेवी बन्न, Business गर्न, यस्तै अनेक आफ्नो वरिपरि देखिएका व्यापारिक र राजनीतिक क्षेत्र, सबै कुरा सिकेर-बुझेर बस्ने रुचि अत्यन्तै हुन्छ तर त्यो रुचि लामो समयसम्म टिक्दैन त्यो सिकाइ अधुरै भएतापनि अत्यन्तै छिटो आत्मसन्तुष्टि मिल्छ। यिनीहरूको तर्कपूर्ण विचारको कारण कुनै न कुनै क्षेत्र वा Team को महत्त्वपूर्ण व्यक्ति बन्दछन् र यिनीहरुबाट अरुले आफ्नो फाइदा मात्र लिन खोज्छन्। यिनीहरुले त्यस बापत आर्थिक सहयोग पाउँदैनन् त्यसैले यिनीहरू हरेक काममा बिचल्ली हुन्छन्। संवाद गर्नुपर्ने क्षेत्रमा सफलता मिल्छ, सामान्य कुरा पनि यिनीहरूको दिमागमा लामो समयसम्म खेलिरहन्छ जसका कारण यिनीहरुलाई मानसिक तनाव (Depression) हुने सम्भावना अधिक रहन्छ। यसबाट बच्नको लागि यिनीहरूलाई योग र विष्णु भगवानको पूजा अति आवश्यक हुन्छ। परिवार, जीवनसाथी र आफ्ना इष्टमित्रसँग यिनीहरूको सम्बन्ध सुमधुर राख्छन्। बोल्दा मुसुक्क हाँसेर बोल्ने र मजाक गरिहाल्ने बानी हुन्छ। यिनीहरूलाई सञ्चार, लेखन, पत्रकारिता, छापाखाना, Driving, Banking, बोलेर Deal गर्नुपर्ने कार्यक्षेत्रमा विशेष सफलता मिल्छ। यिनीहरूको डबल पर्सनालिटी Double Personality को कारण सम्बन्धमा उतार-चढ़ाव र हतारमा निर्णय लिने बानीका कारण धेरैपटक काममा अवरोध हुन्छ साथै केही भनाई सुन्नुपर्ने र पश्चाताप मान्नुपर्ने हुन्छ। बुधकाे प्रभावले यिनीहरू तेज दिमाख, वाक्पटु (कूटनैतिक बोली) हुन्छन्। अरुसँग चाँडै घुलमिल हुने र साथी बनिहाल्छन्। यिनीहरूको चंचल र जिज्ञासु स्वभावले गर्दा एउटै कामबाट दिक्क मान्ने र नयाँ काम सिक्न खोज्ने, नयाँ ठाउँ घुम्न इच्छा राख्ने हुन्छन्। दुई स्वभावको प्रभावले गर्दा क्षणमै भलाद्मी, अत्यन्त गम्भीर र क्षणमै बच्चा जस्तो स्वभाव देखाउँछन्। लक्ष्मी-नारायण योग (शुक्र-बुध युति) भएमा धन र संपत्तिको वृद्धि हुन्छ। आफ्नो प्रेम सम्बन्धलाई ध्यान दिने र Romantic हुन्छन् तर दुई स्वभाव बानीको कारणले सम्बन्ध क्षणिक हुन्छ। भाग्यमा बुधग्रह शुभ भएमा Share Market बाट सफलता मिल्छ। मिथुन राशिमा राहु ग्रहले उच्चको फल दिन्छ भने केतु ग्रहले निचको फल दिन्छ। ज्यादै छिटो बोल्ने र छिटो हिँड्ने स्वभावको हुन्छन्। अरुको कुरामा छिट्टै विश्वास गर्ने, मध्यम वर्णका, धेरै कुराको जानकार तर पनि आफ्नो Decision लिन नसक्ने। मानव शरीरको कुम, छाती र घाँटीमा प्रभाव पार्दछ। यिनीहरू बुद्धिमानी, ज्ञानी, विद्या र प्रेम सम्बन्धलाई राम्रोसँग निभाउने, संगीत प्रिय र लेखनमा शौखिन हुन्छन्। फुर्तिलो शरीर, राजनीतिज्ञ, व्यापारी, बोल्न चलाख, व्यङ्ग्य गर्न सिपालु, चञ्चल प्रकृति र कुनै अङ्ग वा हात हल्लाएर बोल्ने अथवा खुट्टा हल्लाएर बस्ने यिनीहरूको स्वभाव हुन्छ। काम गर्नभन्दा धेरै यिनीहरूले सोच्ने काम गर्छन्, कुरा लुकाएर राख्न नसक्ने, यिनीहरू ज्यादा सोचेर दु:खी हुन्छन्, झट्ट रिसाउँदैनन्, आफूलाई भन्दा पनि साथी इष्टलाई खुसी राख्न प्रयत्न गर्छन्।
यिनीहरू कुशल अभिनेता (Actor), Share Market, Secretary, सम्पादक, पत्रकार, Typist र बुधसँग सूर्यको योगफल भनेको आफ्नो काम छोडेर नयाँ काम सिक्न थाल्ने, नयाँ क्षेत्रबाट सफलता खोज्ने र बोलेर अरुको मन जित्ने स्वभाव हुन्छन्। यिनीहरूलाई विशेषगरी पेटको रोगी, Depression, श्वास रोग, बोलीमा समस्या र चर्मरोग (छालाको रोग) को सम्भावना अधिक रहन्छ। विष्णु भगवानको पूजा र व्रत अति नै प्रभावकारी हुन्छ।
| मृगशिरा | आर्द्रा | पुनर्वसु |
| का, कि | कु, घ, ङ, छ | के, को, हा |
| देव गण | नर गण | देव गण |
| मध्य नाडी | आद्य नाडी | आद्य नाडी |
कार्य क्षेत्र
Teaching, Banking, लेखा, लेखनकला, शिल्पकला, वकिल, शैक्षिक संस्था, कलाकार, Stationery, Tuition Center, कृषि क्षेत्र, छापाखाना, Banking क्षेत्र, पत्रकारिता, Marketing, सञ्चार, IT, Delivery Service, Courier Service, यात्रा-सम्बन्धित काम, राजनीति, कला व मिडिया, Consultancy, व्यवसायमा साझेदारी राम्रो।
पढाइ क्षेत्र
Physiotherapist, यांत्रिकी, संचार, लेखन, पत्रकारिता, व्यापार, भाषा, विज्ञान जस्ता विषयमा राम्रो। बहुमुखी ज्ञान हुन्छ तर एक विषयमा गहिरो विशेषज्ञ कमै।
रोग
मिथुन राशिको रोगमा वायुविकार, ग्यास्टिक, बाथ, बोली भक्भकाउने, शरीरको कुनै अंग काम्ने, लुलोलङ्गडो, छालाको क्यान्सर लगायतका सबै रोगहरु लाग्न सक्ने हुन्छन्।
वैदिक मन्त्र
ॐ उद्बुध्यस्वाग्ने प्रतिजागृहि त्वमिष्टापूर्ते स गुँ सृजेथा मयञ्च।
अस्मिन्त्सधस्थे अध्युत्तरस्मिन् विश्वेदेवा यजमानश्च सीदत॥
बिज मन्त्र
ॐ ऐं श्रीं श्रीं बुधाय नम:
तान्त्रिक मन्त्र
ॐ बुं बुधाय नम:
गायत्री मन्त्र
सौम्यरूपाय विद्महे बाणेशाय धीमहि। तन्न: सौम्य: प्रचोदयात्॥
शान्तिको सरल र प्रभावकारी उपायहरू