वृश्चिक राशि (Scorpio) ज्योतिषशास्त्रमा १२ राशिहरूमध्ये आठौँ राशि हो। विशाखा नक्षत्र: (तो), अनुराधा नक्षत्र: (ना, नी, नू, ने), ज्येष्ठा नक्षत्र: (नो, या, यी, यू), अक्षरको मिलनबाट बनेको हुन्छ। वृश्चिक राशिका जातकहरू रहस्यमयी, दृढ इच्छाशक्ति भएका र भावनात्मक रूपमा गहिरा हुन्छन्। मेहनती र एकाग्र हुने भएकाले सफलता मिल्छ। यिनीहरू नेतृत्व र प्रतिस्पर्धामा उत्कृष्ट हुन्छन्। कफ-पित्त प्रकृति, रात्रिबली, शीर्षोदय, तमोगुणी राशि हो। कालपुरुषको अंगमा पीठ, बैठक/सीट र गुप्त इन्द्रिय (Reproductive Organs) लाई प्रभावित गर्छ। चन्द्रमा यस राशिमा नीच फल दिन्छ। भाग्येश चन्द्रमा, लाभेश बुध र धनेश गुरु हुन्छ। व्यक्ति साहसी, परिश्रमी, उदार, स्पष्टवक्ता, विचारशील, नीतिज्ञ, विद्वान्, केही शंकालु स्वभाव, स्वेच्छाचारी भएको हुनेछ। आफ्नो योग्यता र परिश्रमअनुसार उन्नति गर्ने स्वभाव विचारमा केही उग्रता भएको, भिन्न विचारका विरुद्धमा जानासाथ रिसाइहाल्ने, बुद्धिमान्, कल्पनाशक्ति उच्च भएको, जिद्दी गर्ने स्वभाव यसको विशेषता हो। उत्तर दिशामा गएर कुनै पनि पेशा व्यवसाय गरेमा शुभफल प्राप्त गर्नेहुन्छ। व्यक्ति उग्र परिवर्तनकारी हुनेछ। वृश्चिक राशिहुनेले ईष्टदेवमा गणेश, दुर्गा र हनुमान्को उपासना गर्नु राम्रो हुन्छ। वृश्चिक राशिलाई सुख्खा पाखो वाली, खेती, बाँझो जग्गाहरु फाप्ने र कोप्न बिझाउने सम्पूर्ण काँडाहरु वस्तुहरू उपयुक्त हुनेछन्। मेसिनरी वस्तु साथै गाडीको वोडी निर्माण गर्ने कार्यका दक्षता प्रदानगर्ने हुन्छ। विदेश जाने क्रममा अरवीयन मुलुक लगायतका र मुश्लिम देशहरु उपयुक्त हुनेछन्। ठोस र तरल पदार्थमध्येमा मट्टीतेल, डिजेल, पेट्रोल, मोवाइल, लगायतका उच्च प्रज्वलनशील वस्तुहरु राम्रा हुनेछन्। यस राशिका व्यक्ति एक पुत्र तथा एक पुत्रीका साथमा सुख रहनेछन्। प्रतिपदा, षष्ठी र एकादशी तिथिहरु जातकको लागि अशुभ हुन्छन्। मेष, कर्कट, सिंह, धनु र मीन राशिका मानिससँगको सम्बन्ध राम्रो हुनेहुन्छ। मिथुन र कन्या राशिसँग शत्रुता हुन्छ। बिनाकारण झै-झगडा गर्ने।
मनको कुरा कम नै बताउँछन् र भित्रभित्रै योजनाहरू बनाइरहन्छन्। यिनीहरू रौब (Showup) देखाउने र क्रोधित हुन्छन्। पढाइमा अवरोधहरू पनि सामान्य रूपमा आइरहन्छन्। यदि यिनीहरू हतोत्साहित भएर पढाइ अधुरो रहन्छ। विवाह सामान्यतया ढिलो हुन्छ। साहस र हठ धेरै हुन्छ। आफ्नो हठ पूरा गर्छन् र अरूले बुझाउँदा पनि बुझ्दैनन्। धैर्यका साथ काम गर्ने हुन्छन् तर स्वभाव निकै कडा हुन्छ। आफ्नो कुरामा अडिग रहन्छन् र आफ्नो कुराको अगाडि कसैको कुरा चल्न दिँदैनन्। भयानक र डरलाग्दो कामहरूमा पर्नबाट डराउँदैनन्। एकपटक क्रोध आएपछि कहिल्यै माफी दिँदैनन् तथा हिंसाको भावना धेरै समयसम्म राख्छन् र आफ्ना विरोधीलाई निर्दयी रूपमा हानि पुर्याएर प्रतिशोध लिन्छन्। आफ्नो रौबबाटै विरोधीलाई दबाउँछन्। अरूमाथि व्यंग्य गरेर यिनीहरू प्रसन्न हुन्छन्। यिनीहरूको आफ्नै रुचि र अरुचि हुन्छ। जिब्रो तीखो हुन्छ र यिनीहरूलाई आफ्नै मात्र ध्यान हुन्छ। यिनीहरू धेरै स्वार्थी पनि हुन्छन्। अरूका भेद जानेर तिनलाई तनाव दिन्छन्। यिनीहरूमा बदला लिने भावना प्रबल हुन्छ। पढेलेखेका झगडालु तथा फसादी पनि हुन्छन्। जिद्दी र क्रोधी स्वभावका कारण दाम्पत्य जीवनमा दु:ख, क्लेश, झैँ झगडा र Divorce हुनुको अवस्था आउँछ। यिनका शत्रु स्थायी तथा धेरै हुन्छन्। उच्च पद प्राप्त तथा अधिकार प्राप्त व्यक्तिहरूको कृपा यिनमा प्रबल हुन्छ। यी परिश्रम तथा योग्यताद्वारा ठूला मानिस बन्छन्। जीवनको पहिलो भाग संघर्षपूर्ण हुन्छ। गाउँमा बस्न तथा खेती गर्न मन पराउँछन्। यात्रा धेरै तथा लाभ कम हुन्छ। यात्राहरू नियोजित नहुने हो भने नोक्सान नै हुन्छ।
पढाई
विज्ञान, मनोविज्ञान, गुप्त विषय, Investigation, Medical, Software Engineering, Civil Engineering, Physics
कार्यक्षेत्र
Research, Investigation, Spy, Medical, Surgery, Army, Police, Navy, Politics, Doctor, Grocery Medicine, Corporate Jobs, Telecommunications, Ambulance Services, Politicians, Engineers, Herbalists, Chemists, खनिज पदार्थ, मिल, मेसिनका काम, जडीबुटी विशेषज्ञ, बीमाको काम
रोग
रक्तविकारबाट हुने रोगहरु लगायत शरीर चिलाउने, फोकाहरु उठ्ने र खटीरा आउने पनि हुनसक्छ।
वैदिक मन्त्र
ॐ अग्निर्मूर्धा दिव: ककुत्पति: पृथिव्या अयम्।
अपा गुङ् रेता गुङ् सि जिन्वति॥
बिज मन्त्र
ॐ हूं श्रीं भौमाय नम:
तान्त्रिक मन्त्र
ॐ अं अङ्गारकाय नम:
गायत्री मन्त्र
अङ्गारकाय विद्महे शक्तिहस्ताय धीमहि। तन्नो भौम: प्रचोदयात्॥
शान्तिका सरल र प्रभावकारी उपाय
Click the Install Now button & enjoy it just like an app.