कर्कट राशि (Cancer) वैदिक ज्योतिषमा चौथो राशि हो। यो जल तत्त्व प्रधान राशि हो र यसको स्वामी चन्द्रमा (Moon) हुनुहुन्छ। कर्कट राशिका जातकहरू भावुक, संवेदनशील र परिवारप्रेमी हुन्छन्। छाती, पेट, फोक्सो, मृगौला, पानीसँग सम्बन्धित समस्या, भावुक, परिवर्तनशील, संवेदनशील, घरेलु, माया गर्ने तर चञ्चल। सानो कुरामा हडबडाउने, कठिन समयमा साथ दिने। यस राशिमा गुरु उच्च तथा मंगल नीच फलदायी मानिन्छ। यो रात्रिबली, जलचर तथा कफ प्रधान राशि हो। यस राशिको जाति ब्राह्मण, रंग दूधिया सेतो, स्वभाव सौम्य, तथा दिशा उत्तर मानिन्छ। यसको प्रभाव सामान्यतया चिसो र शीतल प्रकृतिको हुन्छ। यदि कर्कट राशि तपाईको लग्न, चन्द्र राशि, जन्म राशि, सूर्य राशि वा प्रचलित नामबाट बनेको राशि हो भने, भाग्येश गुरु, लाभेश शुक्र र धनेश सूर्य हुन्छन्। कर्कट राशिका लागि मंगल योगकारक ग्रह मानिन्छ। कर्कट राशिका व्यक्ति प्राय: सुन्दर, उज्यालो वर्ण, र गोलो अनुहार भएका संवेदनशील, कोमल र भावुक हुन्छन्। उमेर बढ्दै जाँदा यस्ता जातकहरू मोटाउँदै जाने र प्राय: पेट बाहिर निस्कने सम्भावना बढी हुन्छ। कालपुरुष अनुसार यस राशिको अंग छाती हो। साथै, यो राशि कुवा, तालाब तथा जल–प्रदेशको सूचक पनि मानिन्छ। यी जातकहरूको कल्पनाशक्ति अत्यन्तै प्रबल हुन्छ। कल्पनामा धेरै टाढासम्म पुग्ने स्वभाव हुन्छ। मनका कुरा अरूलाई भनिहाल्ने स्वभाव हुन्छ। Imagination को दुनियामा सपनालाई बिपना ठानेर रमाउने। मानसिक चञ्चलता र परिवर्तनशीलताका कारण एउटा कुरा छोडेर अर्को कुरातिर लाग्ने बानीले आफैँलाई संकटमा पार्छन्। यी जातकहरू विवेकशील, स्वतन्त्र विचारधाराका तथा अनेक कार्यमा निपुर्ण हुन्छन्। कर्कट राशिकी महिला परिश्रमी, घर-परिवार र सन्तानप्रति अत्यधिक प्रेम गर्ने स्वभावकी हुन्छिन्। स्वभाव परिवर्तनशील र अत्यधिक भावुक हुने भएकाले प्रेम सम्बन्ध प्राय: स्थायी हुँदैनन्। कहिलेकाहीँ साथीभाइ, मित्र वा आफन्तसँग सम्बन्ध राम्रो रहन्छ।
कर्कट राशि पुनर्वसु नक्षत्र: (ही,), तिष्य नक्षत्र: (हु, हे, हो, डा) अश्लेषा नक्षत्र: (डि, इ, डे, डो) अक्षरको मिलनबाट बनेको हुन्छ। कर्कट राशि हुनेलाई कुम्भ राशि शत्रु हुन्छ। कर्कट राशिमा जन्मलिने वालवालिकाको सुन्दर, गोरो वर्ण, संगठित शरीर, बुद्धिमान, चतुर, उदार, यात्रा धेरै गर्ने स्वभाव भएको, पैदल यात्रा गर्नमा सौखिन भएको, धार्मिक विचार भएको, वृद्धवृद्धाहरुको सेवा गर्न मनपराउने, लोकप्रिय, मिलनसार हुन्छन्। मिष्ठान्न भोजन गर्नमा रुचि राख्ने, अति उच्च कल्पनाशक्ति भएको, अर्को व्यक्तिवाट काम लिनमा सिपालु, आफ्नो क्षमतावाट धनआर्जन गर्न सिपालु, जीवनमा आइपरेका बाधा व्यवधानहरुलाई सजिलैसँग समाधान गर्नसक्ने, भोगविलाशमा विशेष रुचि भएको तथा जीवनका हरेक क्षणमा परिवर्तन गर्न चाहने हुन्छ। प्राकृतिक वस्तुमा पानी, चाँदी, चामल, दूध, दही, घीउ, सेतोवस्त्र, प्रत्येक रस, जल, रुपैंयाँ, खनिजजस्ता वस्तुहरू राम्रो हुन्छ। उमेरको २४ वर्ष भाग्योदय हुने गर्दछ। तर चन्द्रमा कमजोर भएमा उमेर २४ वर्षमा पानीमा डुब्ने, वग्ने सम्भावना रहनेहुन्छ भने जलखेतिमा हानी नोक्सान व्यहोर्नु पर्ने हुन्छ। इष्टदेवतामा झाँक्री, वनदेवी, भगवान् शिवपार्वती, दुर्गादेवीको उपासना, जपतप, ध्यान, व्रत गर्नु राम्रो मानिन्छ। कर्कट राशि हुने व्यक्ति ज्यादै पीर मान्ने हुन्छ भने खुशी हुँदा पनि सानै वस्तुबाट पनि ज्यादै प्रशन्न हुने हुन्छ। कर्कट राशिका व्यक्तिलाई जाडो बढी जाडो लाग्ने र चिसोले सताई रहने हुन्छ। तिथिमा द्वितीया, सप्तमी, द्वादशी तिथि अशुभ हुनेछन्।
| पुनर्वसु | तिष्य | अश्लेषा |
| हि | हु, हे, हो, डा | डि, डु, डे, डो |
| देव गण | देव गण | राक्षस गण |
| आद्य नाडी | मध्य नाडी | अन्त्य नाडी |
पढाई
इतिहास, साहित्य, कला, Psychology, Hotel Management, पढाइका विषयहरुमा इतिहास, संगीत, खाद्यप्रविधि, समुद्रीविज्ञान, फलितज्योतिष, होटल म्यानेजमेन्ट, रसायनशास्त्र, जीवशास्त्र, पाइलट, इन्जिनियरिङ्ग, पावरहाउस लगायतका पानीबाट चल्ने सबै प्रकारका मेसिनहरु विषयहरुमा उत्कृष्ट अंक ल्याउने गर्दछन्।
कार्यक्षेत्र
होटल, रेस्टुरेन्ट, खाद्य, नर्सिङ, शिक्षण, कला, संगीत, समुद्री क्षेत्र, रियल इस्टेट, घरेलु व्यवसाय, NGO, Counselling जस्ता क्षेत्र उपयुक्त, तन्त्र, मन्त्र, अध्यात्म, मनोविज्ञान, काउन्सेलिङ, अनुसन्धान तथा गुप्तचर सेवा, चिकित्सा (विशेषगरी मानसिक वा नसा सम्बन्धी), कानुन, राजनीति, प्रशासन, लेखन, पत्रकारिता, व्यापार, रणनीतिक व्यवस्थापन, आध्यात्मिक कार्य, परोपकार, परिवार र समाज सेवा, शिक्षण र संरक्षणसम्बन्धी क्षेत्रमा सफल हुन्छन्, व्यापार, रणनीतिकार, Real Estate, संगीतकार, कलाकार, Chef, प्रशासनिक सेवा, सफलता प्राय: ३०-३२ वर्षपछि राम्रो हुन्छ, मेहनत र धैर्यताले उच्च पद प्राप्त गर्न सक्छन्, शिक्षक, प्रशिक्षक, परामर्शदाता, चिकित्सक (नर्सिङ, केयरगिभिङ), राजनीतिज्ञ, धार्मिक नेता, सामाजिक कार्यकर्ता (NGO), कृषि वा डायरी सम्बन्धी व्यवसाय, जलसम्बन्धी उद्योग। चन्द्रमाबाट पेशा माछापालन सिँचाई तथा जलस्रोत मन्त्रालयको जागिर, पानी घट्टा चलाउने काम, दूधदहीको व्यापार, जलखेती खासगरी नगदेबाली तथा फलफूल खेती अति उत्कृष्ट हुने हुन्छ। कागज उद्योग, वोर्डिङ्ग, ढुङ्गा सञ्चालन, केबुलकार फाइदा दिनेगर्दछ।
सफल बनाउने व्यवसायहरू
लेखन, साहित्य, योग शिक्षक, यात्रा र पर्यटन विभाग, होटल-रेस्टुरेन्ट सम्बन्धित काम, मनोवैज्ञानिक, धार्मिक प्रचारक, पण्डित, पुजारी, विदेशी व्यापारी, ऐतिहासिक कलाकृतिहरूको बिक्रेता, जनावर पालन, रेडियो, टेलिभिजन, दूरसंचार सम्बन्धित कार्यहरू, हुलाक र कुरियर सेवाहरू, सामाजिक सेवाहरू आदि।
वैदिक मन्त्र
ॐ इमं देवाऽअसपत्क्न गुँ सुवद्ध्वं महते क्षत्राय महते ज्यैष्ठ्याय महते जानराज्यायेन्द्रस्येन्द्रियाय।
इमममुष्य पुत्रममुष्यै पुत्रमुस्यै व्विशऽएष वोऽमी राजा सोमोऽस्माकं ब्राह्मणानां गुङ् राजा॥
बिज मन्त्र
ॐ ऐं क्लीं सोमाय नम:
तान्त्रिक मन्त्र
ॐ सों सोमाय नम:
गायत्री मन्त्र
ॐ अमृताङ्गाय विद्महे कलारूपाय धीमहि। तन्न: सोम: प्रचोदयात्॥
शान्तिको सरल र प्रभावकारी उपायहरू
Click the Install Now button & enjoy it just like an app.