सङ्कल्प: यदि तपाई पहिलो पटक यो व्रत सुरु (आरम्भ) गर्दै हुनुहुन्छ भने, पण्डितलाई बोलाएर प्रतिज्ञा (व्रत बस्ने प्रतिवद्धता) र गोदान सङ्कल्प गराउनु अनिवार्य हुन्छ।
व्रतको दिन दिनभरि भोकै (निराहार वा फलाहार) बस्नुपर्छ।
साँझको पूजा तयारी (चन्द्रोदय पछि)
जब साँझ चन्द्रमा उदाउँछन्, तब पूजा सुरु हुन्छ। पूजाको लागि सामान
सबैभन्दा तल एउटा टपरी राख्ने।
टपरीको माथि चामल राख्ने।
चामलको माथि काँसको कलश (लोटा) राख्ने।
कलशको माथि काँसको थाल राख्ने र त्यसमा पूर्ण चन्द्रमाको प्रतीक वा मूर्ति राख्ने।
बत्तीको पूजा
थालमा १६ सरे १६ वटा घिउका बत्तीहरू बाल्ने।
चन्द्रमाको पूजा गर्नुअघि ती बलिरहेका बत्तीहरूको पूजा गर्ने।
चन्द्रमाको आवाहन र स्नान (षोडशोपचार पूजा)
पाद्य: भगवानको गोडा धुने जल।
अर्घ्य: सम्मानस्वरूप चढाइने विशेष जल।
आचमन: चोखिनका लागि प्रयोग गरिने सुगन्धित जल।
पञ्चामृत स्नान: दूध, दही, घिउ, मह, र चिनी मिसाएर चन्द्रमालाई स्नान गराउने।
शुद्ध जल स्नान: पञ्चामृतले नुहाएपछि फेरि सफा जलले नुहाउने।
अबिर, केशरी, जौ, तिल, लाभा (भुटेको धान) र फूल।
धूप (धूपबत्ती), कपुरको दीप (आरती), नैवेद्य (प्रसाद/भोग), र दक्षिणा (पैसा)।
मन्त्र जप: पूजा सकिएपछि “ॐ ऐं क्लीं सोमाय नम:” मन्त्रको १०८ पटक जप गर्ने।