सङ्कल्प: त्यहाँ पण्डित वा गुरुद्वारा व्रत बस्ने प्रतिज्ञा (सङ्कल्प) गर्ने र गोदान (गाई दान गर्ने) सङ्कल्प गराउने।
पूजा: त्यसपछि सूर्य भगवानको विधिपूर्वक पूजा गरी अर्घ्य (जल) दिएर व्रत सुरु गर्ने।
प्रत्येक आइतबार गरिने पूजा र अर्घ्य दिने विधि
दीप प्रज्वलन: प्रत्येक आइतबार १२ सरे १२ वटा बत्ती बाल्ने।
अर्घ्य दिने तरिका: आफ्नो दाहिने खुट्टा अलिकति उचालेर सूर्य अर्घ्य दिने मन्त्र: ॐ एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते। अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर॥ मन्त्र भन्दै सूर्यलाई अर्घ्य दिने।
अर्घ्य दिने स्थान: जहाँ अर्घ्य (जल) खसालिन्छ, त्यहाँ भुइँमा दुना वा हरियो पात राख्ने। त्यसमाथि दुबो र रातो फूल चढाउने र त्यही पातमाथि पर्ने गरी जल चढाउने।
अर्घ्यको सामग्री: काँसको कचौरामा दहि, दूध, घिउ, तोरी (सर्स्यूँ), जल, कुश, सुपारी, तिल, अबिर, केशरी, दुबो र फूल मिसाएर अर्घ्य तयार पार्ने।
धूप, दीप र मन्त्र: पूजा गर्दा धूप, घिउको बत्ती वा कपुर बाल्ने र नैवेद्य (प्रसाद) चढाउने। साथै शत्रु नाश र कृपा प्राप्तिका लागि "ॐ ग्लौं पिंगले वैरिकारिणी प्रसिद फट् स्वाहा" मन्त्रको जप गर्ने।
आवश्यक पूजा सामग्रीहरू
जनै, काँचो नरिवल, रातो कपडा, तामाको कलश, १२ सरे १२ वटा घिउका बत्ती, पाला (दियो), सलाई, दूध, दहि, सुपारी, अबिर, कुश, घिउ, मह, चिनी, कपुर, केशरी, जौ, तिल, ल्वाङ, सुकमेल, फलफूल, दुबो, चामल, टपरी, दुना, भेटी र ध्वजा।
व्रतका नियम र खानपान
मुख्य नियम: कुनै पनि व्रत बस्दा साधारणतया नुन र अन्न खानु हुँदैन।
खान मिल्ने कुरा: व्रतको समयमा फलफूल, दूध, दहि।
साँझको भोजन (यदि भोकै बस्न नसकेमा): दिनभरि पूर्ण रूपमा भोकै बस्न नसक्ने व्यक्तिले सूर्य अस्ताएपछि (साँझमा) एक छाक दूध, दहि र रोटी खान सक्छन्। तर, यसमा नुन बिल्कुलै मिसाउनु हुँदैन।
सूर्य मन्त्र “ॐ घृणि: सूर्याय नम:” अथवा “ॐ आकृष्णे नरजसा वर्तमानो निवेशयन्न मृतम्मर्त्यञ्च। हिरण्ययेन सविता रथेना देवो याति भूवनानि पश्यन्॥”